पहिरो पन्छाएको पाँच घण्टा नबित्दै कर्णाली राजमार्ग पुनः अवरुद्ध 

पहिरो पन्छाएको पाँच घण्टा नबित्दै कर्णाली राजमार्ग पुनः अवरुद्ध 

1k
SHARES
चार दिन अघि गगनेमा गएको पहिरो मङ्गलवार पन्छाइएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लाग्दै। तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकाेट — कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्ड स्थित कालीकाेटकाे शुभकालिका-१  गगने खोलामा पुनः पहिरो गएको छ। मंगलबार पहिरो पन्छाएको पाँच घण्टामै पहिरो आएर सडक यातायात ठप्प भएको हो।

डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ। पाँच घण्टामा रोकिएका सबै गाडीहरु गइसकेका छन। तर फेरी पहिरो गएकोले सवारी आवागमनमा समस्या देखिएको छ।

पहिरो पन्छाएको पाँच घण्टा नबित्दै पुनः अवरुद्ध भएको गगने खोलास्थित कर्णाली राजमार्ग। तस्बिर : मानबहादुर/पहिचान डटकम

अहिले गगने खोला क्षेत्रमा भीषण वर्षा भइरहेको छ। डिभिजन प्रमुख दीपेन्द्र चौधरीले सडकमा लेदोसहितको पहिरो आइरहेको बताए। तत्काल पन्छाउन सकिने अवस्था छैन।

तर बुधवार बिहान देखि पहिरो पन्छाउने काम सुरु हुने उनले बताए। चार दिनदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २० बढी ट्रक रोकिएका थिए।

बर्षातको समयमा सावधानी अपनाएर मात्र यात्रा गर्न र राति समयको यात्रा गर्दै नगर्न समेत सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.