निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मुम्बईमा विराटनगर किंग्सका खेलाडीहरूको हाइ-पर्फर्मेंन्स तालिम

मुम्बईमा विराटनगर किंग्सका खेलाडीहरूको हाइ-पर्फर्मेंन्स तालिम

222
SHARES

काठमाडौँ – विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्राष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको छ।

यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग (NPL) सिजन २ को तयारीमा महत्त्वपूर्ण कदम मानिएको छ। प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यावसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ।

मुम्बईको Omtex ICWC Cricket Institute अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन्। यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्नेछ।

टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

विराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठुलो लगानीको रूपमा हेरेको छ। व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ विराटनगर किंग्सको प्रतिनिधित्व गर्नेछ।

विराटनगर किंग्सका बारेमा:

विराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो। टिमको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल भावना प्रवर्द्धन गर्ने र समुदाय एवम् फ्यानहरूसँगको सम्बन्ध बलियो बनाउँदै कोशी प्रदेशलाई गौरव दिलाउनु हो।

समाचार शेयर गर्नुहोस्
222
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.