भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक कार्कीलाई पितृ शोक

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक कार्कीलाई पितृ शोक

594
SHARES

काठमाडौं – भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीलाई पितृ शोक परेको छ। भुटानमा रहेको कार्कीका बुबाको मङ्गलवार निधन भएको हो।

९२ वर्षीय खड्गबहादुर कार्कीको भुटानस्थित आफ्नै निवासमा निधन भएको भुटनिज कम्युनिटी इन द नेदरल्याण्ड्सले जनाएको छ।

खड्गबहादुर भुटानी समुदायका वरिष्ठ सदस्यहरू र नेदरल्याण्ड्समा भुटानी समुदायका पूर्व अध्यक्ष राम कार्की र प्रह्लाद कार्कीका बुबा हुन्।

नेदरल्याण्ड्सको भुटानी समुदायले शोक सन्तप्त कार्की परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। उनीहरूले आफ्ना प्रिय बुबाको यो अपूरणीय क्षतिलाई सहन सक्ने शक्ति, सान्त्वना र साहस प्राप्त गरून् भन्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेका छन्।

सबै समुदायका सदस्यहरू, शुभेच्छुकहरू र साथीहरूलाई शोक सन्तप्त परिवारलाई सहयोग र ऐक्यबद्धता प्रदान गर्न बीसीएनले अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्
594
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.