प्रत्यक्षतर्फ उम्मेदवारी दिन समावेशी समाजवादीको आह्वान

प्रत्यक्षतर्फ उम्मेदवारी दिन समावेशी समाजवादीको आह्वान

522
SHARES

काठमाडौँ – जेनजी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा सहभागिता जनाउने उद्देश्यसहित निर्वाचन आयोगमा पहिलो पटक दर्ता भएको समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारी आह्वान गरेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तेस्रोलिंगी नुमा लिम्बुको अध्यक्षतामा गठन भएको पार्टीले आगामी निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत आफ्नो तर्फबाट उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूलाई आह्वान गरेको हो।

समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहने इच्छुक व्यक्तिहरूलाई आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरेको छ। उम्मेदवारी दिन चाहने व्यक्तिहरूले नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि तथा उम्मेदवारी दिन चाहेको निर्वाचन क्षेत्रको विवरण उपलब्ध गराउन पार्टीले आह्वान गरेको छ।

पार्टीले जारी गरेको सूचनामा समाजवादी, समावेशी तथा समानतामूलक राजनीतिक दृष्टिकोण बोकेका, सीमान्तकृत समुदायबाट आएका तथा प्रत्यक्ष निर्वाचनमार्फत जनप्रतिनिधित्व गर्न इच्छुक व्यक्तिहरूलाई विशेष रूपमा प्रोत्साहन गरिने उल्लेख गरिएको छ।

उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि समावेशी समाजवादी पार्टीको कार्यालयमा सम्पर्क गर्न पार्टीले अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.