कविता : सेवा, साहस र सत्यको नेता रोज।

कविता : सेवा, साहस र सत्यको नेता रोज।

728
SHARES

सेवा, साहस र सत्यको नेता रोज।

बेहोशीभै बोल्ने अपशब्द होइन,

धरतीजस्तै अडिग कर्म चाहिन्छ,

खालीथोत्रा भाषणले देश बन्छ र ?

पहाड चढ्ने हिम्मतले परिवर्तन जन्मिन्छ।

महावीरले सिकाए

सपना हावामा होइन,

माटोमा रोप्नुपर्छ।

गाली गलौजको नाराले होइन

पसिनाको मसिले लेख्नुपर्छ ।

विश्वास र मैत्री-भावको डोरीले

गाउँ–सहर जोड्नुपर्छ

पलमै फेरिने तिम्रा आश्वासन होइन

शान्ति, करुणा र विवेक हुनुपर्छ।

पद प्रतिष्ठा मात्र रुचाउने नेतृत्व होइन,

देश उठाउने हात चाहिन्छ,

शब्दको पेचिलो कुटिलता होइन,

कर्मको उज्यालो दीप बल्नुपर्छ।।

त्यसैले भन्छु,

युग सन्धिको बेला हो यो,

प्रवासको पीडा पक्कै हुन्छ

विगतका ती अनुभवले भन्छ

सेवा, साहस र सत्यको नेता रोज।

समाचार शेयर गर्नुहोस्
728
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.