मनोविद डा. राईको ‘जिन्दगी फूल सम्झे फूलै हो: जीवनयात्रा’ कृति सार्वजनिक

मनोविद डा. राईको ‘जिन्दगी फूल सम्झे फूलै हो: जीवनयात्रा’ कृति सार्वजनिक

330
SHARES

काठमाडौँ – मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो ट्ठ जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ।

प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई र लेखक राईले काठमाडौँमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरे।

वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएका डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष छन्। उनले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर ‘जिन्दगी फूल सम्झे फूलै हो: जीवनयात्रा’ कृति सिर्जना गरेका हुन्। लेखककै रचना, डीआर अटुको सङ्गीत र राजेशपायल राईको स्वर रहेको ‘जिन्दगी फूल सम्झे फूलै हो’ बोलको गीतलाई कृतिको नाम दिइएको हो।

उक्त कृतिबारे डा. शान्तिमाया गिरी र कैलाश राईले समीक्षा गरेका थिए। साढे पाँचसय पृष्ठमा विस्तारिक कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन्। यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न गरिएका छन्।

लेखक डा. राईको यो पाँचौँ कृति हो। यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता सङ्ग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत सङ्ग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीत सङ्ग्रह, २०७५) प्रकाशित छन्। यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको समीक्षक वक्ताहरूको भनाइ रहेको छ।

समाचार शेयर गर्नुहोस्
330
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.