प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

प्रधानमन्त्री वालेनको विवादास्पद र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

388
SHARES

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को विवादास्पद पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता भएको छ।

उक्त भिडियोमा प्रयोग भएका केही शब्द र सन्देश महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने तथा हिंसा र बलात्कारलाई प्रोत्साहन गर्ने प्रकृतिको रहेको भन्दै समुदायभित्र गम्भीर चिन्ता व्यक्त हुँदै आएको छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सक्रिय सदस्यहरू पवन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले साइबर ब्युरोमा उजुरी दर्ता गरेका हुन्।

उनीहरूले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतमा सार्वजनिक गरिएका यस्ता सामग्रीप्रति समेत जबाफदेहिता आवश्यक रहेको स्पष्ट गरेका छन्।

उजुरीपछि साइबर ब्युरोले उक्त भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको उनीहरूले बताए। तर, यो प्रक्रिया कत्तिको प्रभावकारी र छिटो अघि बढ्छ भन्ने अझै हेर्न बाँकी रहेको पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले बताए।

साइबर ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले प्रधानमन्त्री वालेनको पहिलेको भिडियोमा व्यक्त भएका शब्द अपमानजनक रहेको भन्दै हटाउन माग गरी उजुरी आएको जानकारी दिए।

उनका अनुसार संविधानसभा सदस्य सुनिल बाबु पन्तबाट इमेलमार्फत पनि उजुरी प्राप्त भएको छ। “भिडियो हटाउनुपर्छ भनेर उजुरी आएको छ,” ब्युरोका एसपी गिरीले पहिचानसँग भने, “युट्युबसँग आवश्यक अनुरोध गर्छौँ।”

सम्बन्धित समाचार:

वालेनको र्‍याप विवाद: घृणायुक्त भिडियो हटाउन सुनिलबाबुको आह्वान

प्रधानमन्त्री वालेनलाई तेस्रोलिंगीको खुला पत्र : ‘अपमानजनक शब्द फिर्ता लिन’ आग्रह

समाचार शेयर गर्नुहोस्
388
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.