‘चमेली‘ को ‘डान्स च्यालेन्ज’ विजेतालाई म्युजिक भिडियो खेल्ने अवसर

‘चमेली‘ को ‘डान्स च्यालेन्ज’ विजेतालाई म्युजिक भिडियो खेल्ने अवसर

82
SHARES

काठमाडौँ – द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत ‘चमेली ‘ सार्वजनिक भएको छ।

मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन्। नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय र नृत्य रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै दर्शकको रोजाइमा परेको छ।

भिडियोको प्रचारप्रसारको लागि ‘डान्स च्यालेन्ज’को घोषणा समेत गरेको छ जस अन्तर्गत उत्कृष्ट डान्स गर्नेलाई नगद रु.पन्ध्र हजार पुरस्कारको साथमा आगामी कुनै एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने गीतको निर्माण युनिटले जनाएको छ।

यसअघि पनि मिलन भट्टराई र प्रज्वल कार्कीको ‘नजाऊ माया’ र ‘रहेन केही’ गीत सार्वजनिक भैसकेको छ। दिनेश पराजुलीको छायाङ्कन र विकाश धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

‘चमेली ‘ गीतलाई गीतकार मिलन भट्टराईको अफिसियल च्यानल ( Milan Bhattarai Official ) मार्फत सार्वजनिक भएको हो।

समाचार शेयर गर्नुहोस्
82
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.