नेपाली रक्तदाता सङ्घ युएईको प्रथम अधिवेशन दुबईमा मे १७ मा हुने

नेपाली रक्तदाता सङ्घ युएईको प्रथम अधिवेशन दुबईमा मे १७ मा हुने

464
SHARES

दुबई – नेपाली रक्तदाता सङ्घ युएईको अधिवेशन आउँदो मे १७ मा दुबईमा भव्यताका साथ पहिलो ऐतिहासिक अधिवेशन हुने भएको छ।

युएईमा रहेका नेपालीहरूले रक्तदान गर्न कोही पनि नछुटौँ र रक्तदान जीवन दान जस्तो पुण्य कार्यका निम्ति युएई स्थित नेपालीहरू एकजुट हुने अभिप्रायले २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि पहिलो पटक अधिवेशन हुन लागेको हो।

अधिवेशनका लागि प्रवास नेपाली सम्पर्क विभाग युएईका सभापति एवं नेपाली रक्तदाता सङ्घ युएईका सल्लाहकार सुजन थापाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन भएको छ।

निर्वाचन समितिले युएईमा रहेका सम्पूर्ण नेपाली जातीय तथा जिल्ला स्तरीय सङ्घसंस्था एव समाजसेवीहरूसँग परामर्श भैरहेको संयोजक थापाले बताए।

युएईमा सन् २०२० मा तदर्थ समिति बनाएर कार्य सञ्चालन गरे पनि निष्क्रिय रही आएकोमा २०२४ देखि निरन्तरता दिँदै आएको रक्तदाता सङ्घलाई आधिकारिक रूपमा लैजान र निरन्तरता दिन सहज हुने भएकोले यो वर्ष अधिवेशन गर्न लागिएको अन्तर्राष्ट्रिय रक्तदाता सङ्घका कोषाध्यक्ष एवं नेपाली रक्तदाता सङ्घ युएईका संरक्षक सुनिल राज श्रेष्ठले बताए।

‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ विशुद्ध समाज सेवा गर्ने उद्देश्यले नेपाली रक्तदाता सङ्घ युएईको पहिलो पटक अधिवेशन गर्ने मिति तथा स्थान तय भएको जानकारी संस्थाका अध्यक्ष वासुदेव ढुङ्गानाले जानकारी दिए l

समाचार शेयर गर्नुहोस्
464
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.