ट्रान्सजेन्डरलाई मानसिक रोगको सूचीमा राख्ने पेरुको आदेश खारेज गर्न माग

ट्रान्सजेन्डरलाई मानसिक रोगको सूचीमा राख्ने पेरुको आदेश खारेज गर्न माग

284
SHARES
फाइल तस्बिर : द न्यूयोर्क टाइम्स

एजेन्सी – पेरु सरकारले हालै ट्रान्सजेन्डर पहिचान र क्रस ड्रेसिङलाई मानसिक स्वास्थ्य अवस्थाको रूपमा वर्गीकृत गर्ने आदेश जारी गरेको छ। उक्त आदेशले अन्तर्राष्ट्रिय स्तरमै आक्रोश निम्त्याएको छ।

राष्ट्रपति डिना बोलुआर्टेद्वारा हस्ताक्षर गरिएको सर्वोच्च आदेशले देशको आवश्यक स्वास्थ्य बीमा योजनालाई “मानसिक र व्यवहारिक विकारहरू” को छाता अन्तर्गत यी वर्गहरूलाई समावेश गर्न अद्यावधिक गरेको छ।

अधिकारीहरूले यो कदम मानसिक स्वास्थ्य हस्तक्षेपहरूको लागि व्यापक बीमा कभरेज सुनिश्चित गर्न विशुद्ध रूपमा प्रशासनिक भएको तर्क गरेका छन्। तर, मानव अधिकार समूहहरूले भने यस निर्णयलाई पछाडि फर्किएको कदमको रूपमा आलोचना गरेका छन्।

यो कदम विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ को दिशानिर्देश विपरीत रहेको टिप्पणी गरिएका छन्। विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मीहरूले मानसिक रोगको सूचीमै राख्ने राष्ट्रपति बोलुआर्टेको आदेशको विरोध गरेका छन्।

उनीहरूले लैङ्गिक पहिचानलाई रोगविज्ञानसँग जोड्दा “रूपान्तरण उपचार” लाई प्रोत्साहन मिल्ने तथा पहिले नै समलिङ्गी विवाह वा कानुनी लिङ्ग मान्यताको अभाव रहेको देशमा थप भेदभावको वातावरण सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

उनीहरूका अनुसार यो आदेश “पुरातन” सोचको उदाहरण हुनुका साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादामाथिको उल्लङ्घन हो ।

तर, पेरुभियन स्वास्थ्य मन्त्रालयले विद्यमान कानुनी ढाँचा भित्र स्वास्थ्यको अधिकार र सेवामा पहुँच सुनिश्चित गर्न यस्तो वर्गीकरण आवश्यक रहेको जनाएको छ । मन्त्रालयले यौन विविधतालाई “रोग” का रूपमा नहेर्ने कुरामा जोड दिँदै विज्ञप्ति जारी गरेको भए पनि आदेश खारेज गरिएको छैन।

अन्तर्राष्ट्रिय संस्थाहरू तथा मानव अधिकार विज्ञहरूले उक्त आदेश खारेज गर्न आह्वान गरिरहेका छन्। उनीहरूले सरकारलाई मानसिक रोगको लेबलबिना मानव विविधताको सम्मान गर्ने समावेशी नीतिहरू अपनाउन आग्रह गरेका छन्।

एसियाका पहिलो खुला समलिङ्गी सभासद् तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले पेरु “पछाडि जाँदै गरेको” टिप्पणी गरेका छन्।

समाचार शेयर गर्नुहोस्
284
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.