“म जे हुँ, त्यही भएर सुन्दर छु”

“म जे हुँ, त्यही भएर सुन्दर छु”

368
SHARES

मेरो पहिचान
म नाम मात्र होइन,
सङ्घर्षले कोरेको इतिहास हुँ।

मौनताका भित्ताहरू भत्काउँदै,
आफ्नो अस्तित्वको आवाज हुँ।

म त्यो सपना हुँ,

जसलाई समाजले धेरैपटक रोक्न खोज्यो,
तर हरेक चोटलाई शक्ति बनाएर
आकाश छुने साहस बोकेको छु।

मेरो पहिचान कुनै सीमामा बन्दैन,
न त अरूको परिभाषाले निर्धारण हुन्छ।

म आफ्नै यात्राको यात्री,
आफ्नै कथाको सर्जक हुँ।

जब अधिकारका कुरा उठ्छन्,
म न्यायको पक्षमा उभिन्छु।

जब विभेदका बादल मडारिन्छन्,
म समानताको दीप बाल्छु।

मेरो पहिचान रङहरूको इन्द्रेणी हो,
विविधता र सम्मानको सन्देश हो।

म परिवर्तनको विश्वास हुँ,
भोलिको उज्यालो सम्भावना हुँ।

आज म गर्वका साथ भन्छु—
म जे हुँ, त्यही भएर सुन्दर छु।

मेरो पहिचान मेरो शक्ति हो,
मेरो अस्तित्व मेरो गौरव हो।

(सन्ध्या लामा समावेशी समाजवादी पार्टीकी सचिव एवं मायाको पहिचान नेपालको राजनीतिक साक्षरता अभियानमा आबद्ध छिन्)

समाचार शेयर गर्नुहोस्
368
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.