विश्व रक्तदाता दिवसको अवसरमा एनबीडीए यूएईद्वारा वेबिनार आयोजना

विश्व रक्तदाता दिवसको अवसरमा एनबीडीए यूएईद्वारा वेबिनार आयोजना

293
SHARES

यूएई – जुन १४ मा मनाइने विश्व रक्तदाता दिवस २०२६ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घ (आईएनबीडीए) तथा यसका भगिनी संस्थाहरूले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘रक्तदान सम्बन्धी भ्रम र यथार्थ’ विषयक विशेष वेबिनार आगामी जुन १३ तारिख साँझ ७ः४५ बजे (नेपाली समयानुसार) आयोजना हुने भएको छ।

विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदानको फाइदा, यसको महत्त्व तथा रक्तदानप्रति प्रेरणा दिने उद्देश्यले आगामी शनिवार अनलाइन माध्यममार्फत जीवनोपयोगी परामर्श गोष्ठी सञ्चालन गर्न लागिएको हो।

शनिवार हुने उक्त गोष्ठीमा रक्तदान सम्बन्धी भ्रम र यथार्थबारे विज्ञहरूसँग प्रत्यक्ष छलफल गर्दै ज्ञान तथा अनुभव साटासाट गरिनेछ। साथै, रक्तदान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ।

रक्तदानका बारेमा समाजमा रहेका विभिन्न भ्रम, डर तथा गलत धारणालाई चिर्दै वैज्ञानिक तथ्य र अनुभव प्रस्तुत गरिने यस कार्यक्रममा विशिष्ट अतिथि तथा विज्ञ वक्ताहरूको सहभागिता रहनेछ। कार्यक्रमले रक्तदानप्रति सकारात्मक सोच विकास गर्न, आत्मविश्वास बढाउन तथा थप व्यक्तिहरूलाई रक्तदान अभियानमा जोडिन प्रेरणा प्रदान गर्ने लक्ष्य लिएको छ।

विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ज्ञानमूलक कार्यक्रममा सहभागी भई रक्तदान सम्बन्धी सही जानकारी प्राप्त गर्न अनुरोध गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आईएनबीडीएका अध्यक्ष राहुल रेग्मी सहभागी हुनेछन्। त्यसैगरी, विज्ञ वक्ताका रूपमा आईएनबीडीएका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक अजय सत्याल, आईएनबीडीएका उपाध्यक्ष डा. मनीता राजकर्णिकार, डा. मधु पाण्डे तथा दुबईको प्रतिष्ठित अस्पतालमा कार्यरत रजिस्ट्रार नर्स एन्जिला दावा शेर्पाको उपस्थिति रहने जनाइएको छ।

समाचार शेयर गर्नुहोस्
293
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.