भ्वाइस अफ किड्समा मेरिन राई, निर्णायकहरूको मन जित्न सफल

भ्वाइस अफ किड्समा मेरिन राई, निर्णायकहरूको मन जित्न सफल

597
SHARES

काठमाडौं – ‘लाली गुराँस, चम्पा चमेली’ गीतमार्फत खोटाङकी मेरिन राईले आफ्नो प्रतिभा प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको ध्यान आकर्षित गरेकी छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘द भ्वाइस अफ किड्स नेपाल’ मा उनले प्रस्तुत गरेको मन्त्रमुग्ध बनाउने स्वरले निर्णायकहरूको मन जितेको छ।

‘फुलिरहूँ लाग्छ नि फुलको बारीमा…’ बोलको गीत टुङ्ग्याएपछि निर्णायकहरूले उनको मिठो स्वरको खुलेर प्रशंसा गरे। मेरिनको प्रस्तुति सुनेर आफूहरू मन्त्रमुग्ध भएको प्रतिक्रिया निर्णायकहरूले दिए।

मेरिनले आफ्नो गायन कलामार्फत कार्यक्रमका चारै जना कोचको मन जित्न सफल भएकी छन्। उनले सबै कोचबाट भरपुर माया र हौसला प्राप्त गरेकी छन्।

मेरिनको प्रस्तुति सामाजिक सञ्जालमा समेत व्यापक रूपमा प्रशंसित भइरहेको छ। यसले आफूलाई निकै खुसी बनाएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जेनजी अभियन्ता बाबु दुमी राईले बताएका छन्।

“धेरै माया पाइरहेकी छिन्। म पनि केहीबेर सुन्दै गर्दा मन्त्रमुग्ध भएँ,” बाबु दुमीले भने, “मान्छे सानी छिन्, तर उनको स्वरले सबैको मन जित्न सक्छ।”

बाबु दुमीका अनुसार खोटाङ कला र संस्कृतिले सम्पन्न जिल्ला हो। “आज फेरि मेरिन नामकी पूर्वेली चेलीले आफ्नो ठाउँको नाम उच्च बनाउन सफल भएकी छन्। आफ्नो कला र प्रतिभामार्फत उनले आफ्नो ठाउँलाई गर्व गर्ने अवसर दिएकी छन्,” उनले भने।

मेरिनलाई अझै अघि बढाउन, प्रोत्साहन गर्न र साथ दिनु सबैको जिम्मेवारी भएको बाबु दुमीको भनाइ छ। उनले मेरिनको प्रतिभालाई अझ निखार्न भूमिका खेल्ने कोच मिलन नेवारको पनि प्रशंसा गरेका छन्।

“कोच मिलन नेवारलाई पनि धेरै बधाई। उहाँले यति राम्रो प्रतिभाशाली प्रतिस्पर्धी पाउनुभएको छ। म पूर्ण विश्वस्त छु, उहाँले मेरिनलाई अझ बढी निखार्नु हुनेछ,” उनले भने।

मेरिनको प्रस्तुतिले सामाजिक सञ्जालदेखि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। बाबु दुमीले मेरिनलाई अझ धेरै माया, साथ र हौसला दिन आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
597
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.