आत्मविश्वासदेखि नेतृत्वसम्म: अमेरिकामा पाँच दिने विशेष समर क्याम्प

आत्मविश्वासदेखि नेतृत्वसम्म: अमेरिकामा पाँच दिने विशेष समर क्याम्प

60
SHARES

अमेरिका – मनोविज्ञान, नेतृत्व र खेलकुदलाई एकीकृत गर्दै बालबालिका तथा किशोर–किशोरीहरूको समग्र विकासमा केन्द्रित “स्वीकारोक्ति फ्युचर लिडर्स क्याम्प २०२६” जुलाई १५ देखि १९ सम्म आयोजना हुने भएको छ।

अमेरिकास्थित सामाजिक संस्था स्वीकारोक्ति फाउन्डेसनद्वारा आयोजित पाँच दिने उक्त क्याम्पलाई आयोजकले समुदायमै पहिलो पटक मनोविज्ञानमा आधारित समर लिडरसिप कार्यक्रमका रूपमा प्रस्तुत गरेको जनाएको छ। क्याम्पमार्फत सहभागीहरूले सकारात्मक सोच, प्रभावकारी सञ्चार, आत्मविश्वास, नेतृत्व, समस्या समाधान, भावनात्मक बुद्धिमत्ता तथा स्वस्थ जीवनशैली सम्बन्धी व्यवहारिक सीपहरू हासिल गर्नेछन्।

संस्थाका अनुसार प्रायः समर क्याम्पहरू मनोरञ्जनमुखी हुने गरे पनि यो कार्यक्रम बालबालिकाको मनोविकास, चरित्र निर्माण र नेतृत्व क्षमताको दीर्घकालीन विकासमा केन्द्रित गरी डिजाइन गरिएको हो।

क्याम्पले सहभागीहरूमा निम्न क्षमताहरू विकास गर्ने प्रमुख उद्देश्य राखेको छ:

– शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीप्रति अभिप्रेरणा

– फुटबललगायत खेलकुद सीपको विकास

– आत्मविश्वास र आत्मसम्मान अभिवृद्धि

– प्रभावकारी सञ्चार तथा टोलीगत कार्यदक्षता सुदृढीकरण

– नेतृत्व क्षमता र जिम्मेवारीबोध विकास

– अनुशासन, धैर्यता र लचकता (Resilience) निर्माण

क्याम्पको पहिलो दिन आत्मपरिचय, आत्मचेतना, आइसब्रेकिङ गतिविधि तथा आत्मविश्वास अभिवृद्धिमा केन्द्रित रहनेछ। दोस्रो दिन “I Can Improve” अवधारणामार्फत विकासमुखी सोच (Growth Mindset) सम्बन्धी प्रशिक्षण दिइनेछ, जसअन्तर्गत गल्तीबाट सिक्ने, लक्ष्य निर्धारण गर्ने र सहकार्यमा आधारित मित्रता विकास गर्ने अभ्यास गराइनेछ।

तेस्रो दिन नेतृत्व विकास, समस्या समाधान र टोली व्यवस्थापनका व्यावहारिक गतिविधिहरू सञ्चालन गरिनेछन्। चौथो दिन भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence), आत्मनियन्त्रण, खेलकुद अनुशासन र सहनशीलतासम्बन्धी अभ्यासमा केन्द्रित हुनेछ।

अन्तिम दिन सहभागीहरूले प्रतिभा प्रस्तुति, फुटबल मैत्रीपूर्ण खेल, अभिभावकसँग अनुभव आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रममा सहभागिता जनाउनेछन्।

आयोजकका अनुसार क्याम्पको अन्त्यसम्म सहभागीहरूलाई थप आत्मविश्वासी, अनुशासित र जिम्मेवार युवा नेताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै विद्यालय, परिवार र समुदायमा सकारात्मक प्रभाव पार्ने व्यवहारिक सीप तथा बानीहरू विकास हुने अपेक्षा गरिएको छ।

स्वीकारोक्ति फाउन्डेसन एक गैरनाफामूलक संस्था हो, जसले शिक्षा, नेतृत्व विकास, सामाजिक सद्भाव, मानव विकास तथा समुदाय सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले बालबालिका, अभिभावक, शिक्षक तथा समुदाय लक्षित तालिम, सेमिनार, कार्यशाला तथा सेवा कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

यस वर्षको क्याम्प विभिन्न सामुदायिक संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको हो भने Global Post Info ले सहयोगी संस्थाका रूपमा साथ दिएको छ।

आयोजकले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई क्याम्पमा सहभागी गराई भविष्यका जिम्मेवार, आत्मविश्वासी र सक्षम नेतृत्व निर्माणमा जोडिन आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
60
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.