३४ दिनमा सङ्कलन भयो एक खर्ब राजस्व

३४ दिनमा सङ्कलन भयो एक खर्ब राजस्व

222
SHARES

काठमाडौँ -चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ। आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधवार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महसुलतर्फ १४.५५ प्रतिशत, अन्तःशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत सङ्कलन भएको छ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व सङ्कलन भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन्।

राजस्व चुहावट रोकेर ‘मिसन मोड’ मा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिएका छन्।

गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल सङ्कलनभन्दा ३३१ अर्बले बढी हो।

समाचार शेयर गर्नुहोस्
222
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.