काठमाडौँ – तारकेश्वर गाउँपालिकाको आज बसेको विपद् व्यवस्थापन समितिको बैठक र त्यसलगत्तै बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर २ र ४ मा ७४ वटा पक्की घरसहितको एकीकृत बस्ती निर्माणका लागि दातृसंस्थालाई अनुमति दिने निर्णय गरेसँगै बाढी पीडितको पुनर्वासको प्रक्रिया सुरु भएको छ।
वडा नम्बर २ को उपल्डी ढुङ्गेपाटो र बिर्ताफाँटमाथि कटर चौतारोमा गरी ३७ घर र वडा नम्बर ४ को आँपचौर, बुढीको डाँडा र बल्छेउटारमा गरी ३७ घरको एकीकृत बस्ती निर्माणको प्रक्रिया सुरु गरिएको हो।
एकीकृत बस्तीका प्रत्येक घरमा ३ कोठा, ट्वाइलेट र बाथरुमसहितको संरचना निर्माण हुनेछ भने खानेपानी र बिजुलीको व्यवस्थापन गरिनेछ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले भोलिदेखि नै बस्ती निर्माणको आवश्यक प्रक्रिया सुरु गरी द्रुतगतिमा काम अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिए।
विपद्पछिको पुनर्निर्माण र विस्थापितहरूको पुनर्वासका लागि गाउँपालिकाले विशेष प्राथमिकताका साथ काम अघि बढाएको हो।
अन्य क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पनि विभिन्न निकायहरूसँग समन्वय र पहल भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.