बुढीगण्डकी नदीमा आकस्मिक बाढी, ६ जनाको हवाई उद्धार

बुढीगण्डकी नदीमा आकस्मिक बाढी, ६ जनाको हवाई उद्धार

95
SHARES

गोरखा – गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली खटिएको छ। आइतबार बिहान करिब ४ः३० बजे पहिरोका कारण थुनिएको गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा अवरोध खोलिएको नेपाली सेनाले जनाएको छ।

लेदो तथा गेग्रानसहित आकस्मिक रूपमा आएको बाढीले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी नेपाली सेनाले दिएको छ।

खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ। सेनाको टोलीले प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गरेको छ।

पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।

नेपाली सेनाबाट खटिएको फौजले नदी तटीय तथा आसपासका इलाकामा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थान तथा उच्च भूभागमा जान आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
95
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.