काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। बुधवार भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो।
पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। पोखराको भने यो पहिलो हार हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। उनी ५१ रनमा नटआउट रहे। ३६ बल खेलेका ऐरीले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै, ईशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे। बलिङतर्फ पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले एक–एक विकेट लिए।
त्यसअघि अर्जुन घर्तीले नटआउट ४० रनको योगदान दिए। २५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे। शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक सफलता हात पारे। यस्तै, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे। शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक सफलता हात पारे।
एनपिएलमा बिहीबार २ खेल हुनेछन्। मध्यान्ह १२ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्नेछन्। जनकपुर पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित भएको थियो। काठमाडौँले भने पहिलो खेल खेल्न लागेको हो।
साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्ने छन्। यो खेल छ। विराटनगर आफ्नो पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.