पुर्ण बजेटका लागि अर्थमन्त्रीले मागे काँग्रेसका प्रतिनिधि

पुर्ण बजेटका लागि अर्थमन्त्रीले मागे काँग्रेसका प्रतिनिधि

  • मंगलबार, कार्तिक २१ २०६९

पहिचान/ काठमाडौं, कार्तिक २१ – अर्थमन्त्री बर्षमान पुनले पुर्ण बजेट तयार पार्न नेपाली काँग्रेससँग प्रतिनिधि पठाईदिन आग्रह गरेका छन् । काँग्रेस सभापति शुशील कोईरालासँग उनकै निवास महाराजगञ्जमा भेटेर बजेट निर्माणको लागि प्रतिनिधि दिन उनले आग्रह गरेका हुन् ।

भेटमा अर्थमन्त्री पुनले राजनीतिक बिषयमा सहमतिसँगै बजेटमा पनि सहमति गर्न आग्रह गरे । अहिले नै राजनतिक बिषयमा सहमती हुदैन भने पहिले बजेटमा सहमति गर्ने र त्यसैले राजनीतिक सहमतीको वातावरण बनाउने बताएको अर्थमन्त्री पुनले जानकारी दिए ।

भेटमा काँग्रेस सभापति कोइरालाले बजेटका लागि राजनीतिक सहमति आवश्यक भएकोमा जोड दिएका थिए ।

कोइरालाले बजेटमा मात्रै सहमती हुन नसक्ने बताएको भेटमा सहभागि काँग्रेस नेता डा. मिनेन्द्र रिजाले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.