बिदाको दिन सडकलाई विदा । कहिले काही मात्रै खुल्नलाई गुफा हो र ?

बिदाको दिन सडकलाई विदा । कहिले काही मात्रै खुल्नलाई गुफा हो र ?

  • सोमबार, माघ १ २०६९

१,माघ/काठमाण्डौं-माघे संक्रान्तिको दिन । काठमाण्डौंमा चहल पहल अरु दिनको भन्दा अलि बाक्लो थियो । काठमाण्डौंका सरकारी कार्यालय, केही प्रतिष्ठित उद्योग बन्द थिए । माघे संक्रान्तिको विदा पाएकाहरु काठमाण्डौका बजार, पसलमा, सडक, पेटी, चोक गल्लीमा भेटिन्थे । धेरै दिनको चिसोबाट उन्मुक्ती पाए झै केही घाम ताप्दै थिए । घाम ताप्न सधैको विदाको दिन जस्तै रत्नपार्कमा पनि मान्छेको उपस्थिति कम थिएन । डालोमा बदाम राखेर ए भाई बदाम खाने हो भन्ने पनि त्यहाँ लस्करै जस्तै आलो आलो आइरहेका थिए । जे होस धेरैले आज माघे संक्रान्ति राम्रै सँग मनाए । तर ललिपुर पाटनका नरेश चौलागाईको माघे संक्रान्ति भने मध्य तथा सुदुरपश्चिमका कमलरीको जस्तै भयो ।

उनी अरु समय जस्तै विहानै खान खाएर सरकारी र प्रतिष्ठितमा पर्न नसकेको कार्यालय तर्फ हानिए । उनले श्रम खर्चने ठाउँ हो बागबजार । बागबजार पुगेर दैनिक कार्य पूरा गरेर साँझ घर फर्कदा सम्मको उनको दिन चर्या के रह्र्यो त ? नरेशको भनाई जस्ताको तस्तै ः
म आज साढे १० बजे आफ्नो कोठाबाट निस्के । सधैको जस्तै म तननी त्वाको मूल ढोका पार गरेर पाटनढोका बस पार्क पुगे । मलाई अरु दिन जस्तै त्यो कुरा सोच्न मन लागिहल्यो । म निस्कने वित्तिकै बसपार्क पहिला किन पुग्छु ? प्रश्न गर्थे गाडि गुड्थ्यो अनि म पाटन क्याम्पस देख्थे । बसपार्क नजिकै क्याम्पस । क्याम्पस पार गरेरै गाडि कुद्यो । थापाथली हुँदै सिंहदरवार, भद्रकाली, सुन्धारा, आरएनएसी, विर अस्पताल, भेटाहिटी हुँदै नक्साल कुदेको बसबाट म दरवारहाइस्कूल अगाडि झरे । जहाँ जनताको छोराले पहिलो पटक पढ्न पाएको स्कूल थियो भने छठी माइलाई अस्दाउँदो सुर्यको पूजा गर्ने रानीपोखरी थियो । म रत्नपार्क छिरेर पहिलाको रातो घर पुग्नका लागि आकाशे पुलको प्रयोग गरे ।
मलाई आज अरु दिन भन्दा एक घण्टा ढिलो पुगे पनि छुट थियो । महिले सोचे म त श्रमिक न हुँ, अरुले पूरै दिन छुट्टि पाएर माघे संक्रान्ति मनाए होलान । मेरो माघे संक्रान्ति त एक घण्टाको मात्रै रहेछ । एक घण्टा संक्रान्ति मनाएको भए तपाई कसरी मनाउनुहुन्थ्यो होला भनेर म आफैलाई मन मनै प्रश्न पनि गरिरहेको थिए । त्यति हुँदा पनि साढे १० बजे निस्केको म ११ बजे त बागवजार पुग्नै थियो । त्यसैले म दायाँ वायाँ भन्दा पनि सिधा कार्यालय पुगे र माघे संक्रान्तिको दिन शारीरिक, मानसिक सिङ्गो ज्यान कार्यालयमै लगाए ।
कार्यलय अवधिभरको समयनै मेरा लागि नयाँ अनुभव भयो । म कार्यालयबाट कार्यालयकै कामले महावौद्ध हानिए । फेरी म पहिलाको रातो घरको आकाशे पुल प्रयोग गरेर म वीर अस्पताल तर्फ अगाडि बढे । सधै जस्तै रत्नपार्कबाट भोटाहिटी जानका लागि सडक मुनीको बाटो प्रयोग गर्न खोज्दा फलामे ढोकामा भोटे ताल्चा देखें । र यो पनि आज बन्द रहेछ । यहाँ मुनीबाट पारि पुग्दा धेरै थरीका सामान विक्रीका लागि राखेको देख्न पाइथ्यो । तर आज त्यो वाटोनै प्रयोग गर्न पाइएन । सोचे यो देशमा हिड्ने वाटो बन्द हुन्छ कसैलाई वास्ता छैन । कहिले देखि यो बाटो विदाको दिन बन्द हुन थालेको हो कोहि भन्दैनन् । म एक जना श्रमिक । आठ घण्टा काम नगरी विहान वेलुकाको छाक टार्न धौ धौ पर्छ । म जस्ताका लागि माघे संक्रान्तिले चाडबाडको ढोका बन्द गर्र्यो भन्नेकी अव चाडबाडको ढोका खुल्यो भन्ने । त्यो सडक मुनिको बाटो प्रयोग गर्न सरकारी विदा नभएको दिन हुनु पर्दो रहेछ । कसको चासो कता छ कता ? मेरो चासो त्यो बाटो हो कि व्यापारिक कम्प्लेक्स ? व्यापारिक कम्प्लेक्स हो भने ठूल ठूला अक्षरमा सब वे को प्रयोग गर्नुहोस भनेर किन लेखेको ? कि यो पनि बाटो देखाएर व्यापार गर्ने व्यापारिक काइदा हो ? जे हो सम्वन्धित निकायले यसको जवाफ दिनु पर्छ भन्ने मेरो माग छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading