प्रतिनिधिसभाका २०८ सांसदले बुझाए सम्पत्ति विवरण

प्रतिनिधिसभाका २०८ सांसदले बुझाए सम्पत्ति विवरण

244
SHARES

काठमाडौं – प्रतिनिधिसभाका २०८ जना सदस्यहरूले सम्पत्ति विवरण बुझाएका छन्। सङ्घीय संसद् सचिवालयले शनिवार बिदाको दिन पनि कार्यालय खुला राखेर सांसदहरूको सम्पत्ति विवरण सङ्कलन गरेको जनाएको छ।

गत चैत १२ गते २७५ सदस्यीय प्रतिनिधिसभामा शपथ लिएका सांसदहरूका लागि सम्पत्ति विवरण बुझाउने समयसीमा सोमबारसम्म मात्र रहेको छ। मन्त्रिपरिषद्मा रहेका १५ जनाबाहेक २६० जना सांसदले संसद् सचिवालयमा आफ्नो तथा परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य प्रावधान रहेको छ।

कानुनअनुसार सांसदहरूले बुझाएको सम्पत्ति विवरण गोप्य अभिलेखका रूपमा राखिने व्यवस्था छ। सम्पत्ति विवरण सर्वसाधारणका लागि स्वतः सार्वजनिक गरिँदैन।

यद्यपि, कुनै सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन वा अख्तियार दुरुपयोगसम्बन्धी मुद्दा तथा अनुसन्धान अघि बढेमा सम्बन्धित अनुसन्धान निकायले कानुनी प्रक्रिया पूरा गरी उक्त विवरण खोल्न, परीक्षण गर्न र अनुसन्धानको आधार सामग्रीका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ।

यो पनि : रास्वपा सांसदलाई सम्पत्ति विवरण खुलाउनै डर, सुधन गुरुङ प्रकरणको त्रास!

समाचार शेयर गर्नुहोस्
244
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.