बर्ड फ्लुको आतंक कायमै

बर्ड फ्लुको आतंक कायमै

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । चितवनमा फेरी थप दुई ठाउँमा बर्ड फ्लुको संक्रमण देखा परेको छ । भरतपुर नगरपालीका ९ स्थित चित्रराज श्रेष्ठ र मंगलपुर गाविस ५ का रामबाबु थपलियाका कुखुरामा वर्डफ्लु दे खिएको हो ।

बर्डफ्लु देखिएपछि थपलियाको खोरमा रहेका ३ हजार १ सय ७५ कुखुरा र ३ सय अण्डा तथा श्रेष्ठको खोरमा रहेका २ हजार ८ सय ७६ कुखुरा र ६ टन दाना नष्ट तथा नष्ट गरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

चितवनमा पटक पटक बर्ड फ्लु देखिने गरेको छ । बर्ड फ्लु देखिएपछि चार हजार कुखुरा नष्ट गरीएको थियो भने त्यसपछि गत बिहिबार मात्रै मंगलपुरका गाविसका दुईवटा खोरमा बर्ड फ्लु भेटिएपछि ५५ हजार कुखुरा नष्ट गरिएको थियो ।

नेपालमा सर्वप्रथम सन् २००९ जनवरीमा झापाबाट भित्रीएको वर्ड फ्लु मुलुकको विभिन्न भागमा समेत देखापरिसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.