कैदीको मृत्यु

कैदीको मृत्यु

  • बुधबार, बैशाख ११ २०७०

काठमाडौं, ११ बैशाख । सार्बजनिक अपराध अभियोग अन्तर्गत केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका कैदीको टाईफाईडबाट मृत्यु भएको छ ।
खनिखेत २ मकवानपुरका प्रकाश लामाको बुधबार बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केन्द्रीय कारागार सुरक्षार्थ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रमेशकुमार खड्काका अनुसार मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि लामालाई कारागार भित्रकै अस्पतालमा भर्ना गरिएको थियो ।
डिएसपी खड्काले कारागारको क्षमता भन्दा बढि कैदी भएका कारण सरसफाईमा केही समस्या देखिएको बताए । खानपान तथा सरसफाईमा ध्यान नदिदा कैदीहरु बारम्बार बीरामी हुाने गरेको उनले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.