सरकारले वार्ता सुरु गर्‍यो

सरकारले वार्ता सुरु गर्‍यो

  • बुधबार, बैशाख ११ २०७०

काठमाडौं, ११, बैशाख । सरकारी वार्ता टोलीले वार्ता सुरु गरेको छ । वार्ता टोलीले बुधबार कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासंग वार्ता गरेको छ । देउवा निवास बुढानिलकण्ठमा भएको छलफल आसन्न संविधान सभा निर्वाचनका बारेमा केन्द्रित रहेको थियो ।
संविधान सभाको मिति घोषणा र असन्तुष्ट राजनीतिक दलहरुका मागका बारेमा छलफल भएको छ । गृहमन्त्री माधव घिमिरे संयोजक रहेको सरकारी वार्ता टोलीले असन्तुष्ट दलका मागका बारेमा बरिष्ठ नेता देउवालाई जानकारी गराएका थिए ।
कांग्रे नेता देउवाले निर्वाचनको विकल्प नभएको भन्दै नेकपा–माओवादी, मधेशी जनधिकार फोरम नेपाल लगाउतका आान्दोलनरत दलहरुलाई समेत सहमतिमा ल्याएर चुनावी वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.