राजस्व असुलीमा २२ प्रतिशतको वृद्धि

राजस्व असुलीमा २२ प्रतिशतको वृद्धि

767
SHARES

काठमाडौ, ११ वैशाख । चालु आर्थिक वर्षको चैतसम्ममा राजस्व असुली गत आवको तुलनामा २२.३० प्रतिशतले वृद्धि भई रु ३२ अर्ब ४९ करोड ५६ लाख सङ्कलन भएको छ । अर्थमन्त्रालयले कर राजस्ववापत रु २९ अर्ब ८५ करोड ७१ लाख र गैरकरतर्फ रु दुई अर्ब ६३ करोड ८५ लाख गरी कुल रु ३२ अर्ब ४९ करोड ५६ लाख सङ्कलन भएको जनाएको हो ।

गत आवमा यसै अवधिमा रु १७ अर्ब २० करोड ८३ लाख असुली भएको थियो । यस अवधिमा राजस्वको लक्ष्यतर्फ गत वर्षको असुलीको तुलनामा १८.५ प्रतिशतले वृद्धि गरी रु ३१ अर्ब ५६ करोड ४६ लाख असुली गर्ने गरी लक्ष्य राखिएकामा लक्ष्यभन्दा रु ९३ करोड १० लाखभन्दा बढी असुली भएको छ ।

गत वर्ष मूल्य अभिवृद्धितर्फ रु ६ अर्ब ६९ करोड ५८ लाख सङ्कलन भएकोमा यस वर्षको चैत महिनामा रु सात अर्ब १४ करोड असुली भई वृद्धि दर ६.६३ प्रतिशत भएको छ । (रासस)

समाचार शेयर गर्नुहोस्
767
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.