मधेसवादीहरु बीच गठबन्धन हुने ठाकुरको भनाई

मधेसवादीहरु बीच गठबन्धन हुने ठाकुरको भनाई

  • बिहिबार, बैशाख १२ २०७०

काठमाडौं १२, बैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभाको निर्वाचनमा मधेसवादी दलहरु बीच गठबन्धन हुने बताएका छन् ।
मधेसी पत्रकार समाज, पर्साले बिहिबार पर्सामा गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनका लागि सबै मधेसवादी दलहरुसँग छलफल भइरहेको जानकारी दिए । ठाकुरले मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक तथा सङघीय सद्भावना र तराई मधेस अभियानका संयोजक जेपी गुप्तासँग एकताका लागि छलफल भइरहेको बताए ।
उनले मधेसवादी दलहरुमा गठबन्धन भएमा माओवादीसँगको गठबन्धन जारी नरहने बताए । निर्वाचनको विकल्प नभएको भन्दै ठाकुरले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई समेत उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसेर निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.