समलिङ्गी तेश्रोलिङ्गीलाई नीति निर्माण तहमै पुर्‍याउ : भूमिका श्रेष्ठ

समलिङ्गी तेश्रोलिङ्गीलाई नीति निर्माण तहमै पुर्‍याउ : भूमिका श्रेष्ठ

679
SHARES

नरेश फुयांल । काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबै पक्षलाई समेटेर लैजाने बताएका छन् । सबैका अधिकार सुनिश्चित गर्न कांग्रेस सबैसंग सकार्य गरेर निर्वाचनमा जाने उनको भनाई छ ।
आफुलाई भेट्न बुधबार समलिङ्गी तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठको नेतृत्वमा गएको निलहिरा समाजको टोलीसंग कुरा गर्दै केसीले संविधानसभाले बनाउने संविधानले युगौंसम्मका लागी देशको राजनीतिक, आर्थीक तथा सामाजिक खाका कोर्ने भन्दै संविधान बनाउनका लागि गठन हुने संविधानसभा समाबेशी हुनु पर्नेमा जोड दिए ।
कांग्रेसले स्थानीय तहबाट नै समाबेशीको मुद्धालाई सुनिश्चत गर्दै केन्द्रसम्म सुरक्षित गरेको दाबी गरेका उनले त्यसलाई अझै समाबेशी बनाउने बताए । आगामी संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएमात्र लोकतान्त्रिक संविधान बन्ने जीकिर गर्दै उनले आफ्नो पार्टी पराजित भए संविधान बन्नेमा उनले आशंका ब्यक्त गरे ।
कांग्रेस नेता केसीले समाजमा सदियौं देखि उपेक्षित बनेको समलिङ्गी तथा तेश्रोलिङ्गीलाई समेत संविधानसभामा प्रतिनिधित्व गराउन आफ्नो पार्टी तयार रहेको भन्दै निर्वाचनमा कांग्रेससंग सहकार्य गरेर अघि बढ्न यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई आग्रह गरे ।
जवाफमा अधिकारकर्मी श्रेष्ठले आफ्नो समुदायको झुकाव लोकतान्त्रिक शक्ति कांग्रेससंग रहेको भन्दै समलिङ्गी तेश्रोलिङ्गीलाई नीति निर्माणको तहमा समेट्न आग्रह गरिन् । यस्तै समलिङ्गी तेश्रोलिङ्गी अधिकारकर्मी भक्ति शाहले कांग्रेस आफुहरुलाई आगामी संविधानसभाको निर्वाचनमा उचित भूमिका दिन आग्रह गरे । प्रतिउत्तरमा केशीले त्यसका लागी आफुले पार्टीमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउदै त्यसमा कांग्रेसलाई कुनै आपत्ती नरहको बताए ।
दलहरुले जातीयतालाई समेटेमात्र समाबेशी हुन्छ भन्ने भ्रम फैल्याएको भन्दै केसीले आफ्नो पार्टी जातीसंगै, भाषा, क्षेत्र, लिङ्ग सबैलाई पहिचानको मुद्धा बनाएर निर्वाचनमा जाने बताए ।

समाचार शेयर गर्नुहोस्
679
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.