समाज विरुद्ध अनर्गल प्रचार, बिरोधिहरु नाङ्गीदै

समाज विरुद्ध अनर्गल प्रचार, बिरोधिहरु नाङ्गीदै

  • बिहिबार, जेष्ठ ९ २०७०

नरेश फुयांल । विगत लामो समयदेखि नील हिरा समाजका बारेमा अनर्गल प्रचार गरेर विवादमा पारेका केही व्यक्तीले आफ्नो असली अनुहार देखाएका छन् । समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था नील हिरा समाज बन्द गराउन लागेका बद्री पुन, पुनम रोक्का, विनोद लामा, मनिष थापा, अस्तु पुनको असलि नियत देखिदै गएको छ ।
समलिङ्गी तेश्रोलिङ्गी समूदायको अधिकार प्राप्तीका लागि १२ वर्षदेखि सघर्षरत समाजलाई बन्द गराउन लागेका यी व्यक्तीको असलि नियत अन्तत सार्वजनिक भएको हो । निलहिरा समाजमा काम गरुञ्जेल समाजको बखान गरेर नथाक्ने र संथा छोडेपछि अनर्गल प्रचार गर्दै हिड्न थालेका उनीहरुले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नया संस्था गठन गरेको घोषणा समेत गरेका थिए ।
बद्री पुनले आफ्नो नाम समेत छद्म राखेर खोलेको संस्थाले अधिकारप्राप्तीको अभियान संचालन गरिरहेको नील हिरा समाजका बारेमा भ्रम कायम राख्न पत्रकार सम्मेलन नै गऱ्र्यो । नीलहिरा समाजको नबिकरण हुन नसकेका बेला उनिहरुले समाजका बिरुद्ध भ्रम फैल्याउन पहिले गठन भइसकेको संस्थालाई समाजबाट फुटेको भनेर प्रचार गर्न भ्याए । उनीहरुले नील हिरा समाजलाई लगाएका आरोप आफूहरुमा आउाने डरले पत्रकार सम्मेलन श्रोतको भनाई छ ।
नील हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङ्ले समाजमा अनियमितता नभएको पुष्टी हुदैपछि यो आरोप आफैतर्फ लाग्ने डरले उनिहरु अत्तालिएको बताईन् । समाजले समलिङ्ी तेश्रोलिङ्ीको अधिकारका लागि चलाउदै आएको अभियानलाई देख्न नसकेकाहरुले अनर्गल प्रचार गरेको बताईन् ।
गुरुङ्ले देशभरका सम्पूर्ण समलिङ्गी तेश्रोलिङ्गीलाई भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्दै निलहिरा समाजले चलाएको अभियानमा अझैबढी गोलबद्ध भएर लाग्न अनुरोध गरिन् ।
समलिङ्गी तेश्रोलिङ्गी मानबअधिकारकर्मी भूमिका श्रेष्ठले गुनासो गरिन् यस्ता अनर्गल भ्रमले समाजलाई केही असर नगर्ने भन्दै उनले झुटो प्रचारमा बिश्वास नगर्न सबैसंग आग्रह गरिन् । समाजको नविकरण रोक्नकन लागि योजनाबद्ध भएर लाग्नेहहरुले अर्को रणनीति अख्तियार गरेको श्रेष्ठको दाबी छ ।
यस्तै समलिङ्गी तेश्रोलिङ्गी मानबअधिकारकर्मी भक्ति शाहले यस्ता समाचारले समाज नआत्तिने भन्दै आफुहरुको अभियान र अधिकारप्रात्तीको लडाई यथावत रहने बताए । शाहले समाज बिरुद्ध लाग्नेहरु बिस्तारै नाङ्गीदै गएपछि आंफै अत्तालिन थालेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading