“संविधानसभामा समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व हुन्छ”

“संविधानसभामा समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व हुन्छ”

  • मंगलबार, असार १८ २०७०

नरेश फुयांल–काठमाडौं, १८ असार । नेपाली कांग्रेस काठमाडौका जिल्ला सभापति भिमसेनदास प्रधानले आगामी संविधानसभा निर्वाचन र संविधानसभामा समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई आफ्नो पार्टीले उचित प्रतिनिधित्व गराउने बताएका छन् ।

प्रधानले सबै नागरिक समान भएको भन्दै समलिङ्गी तेस्रोलिङ्गी समुदाय पनि आफ्नो पार्टीले कुनै भेदभाब नगरी प्रतिनिधित्व गराउने बताएका हुन् । अन्य दलहरुले समलिङ्गी तेस्रोलिङ्गी समुदायका मुद्धालाई खासै वास्था नगरेको आरोप लगाएका उनले मुलुकै पहिलो प्रनातान्त्रिक दल कांग्रेसले भने कसैलाई पनि बिभेद नगर्ने प्रतिबद्धता जनाए ।

समलिङ्गी तेस्रोलिङ्गी समुदायबाट नेपाली कांग्रेसले भूमिका श्रेष्ठलाई पार्टीको महासमिति सदस्य बनाउदै सबैभन्दा बढी खुसि आंफु भएको बताउदै कांग्रेस काठमाडौका जिल्ला सभापति प्रधानले संविधानसभा निर्वाचन र संविधानसभामा समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई प्रतिनिधित्व गराउनेबारे आंफुले केन्द्रमा पनि पटक पटक कुरा उठाएको जानकारी दिए ।

सबैको अधिकार पाउने हक उत्तिकै रहेको भन्दै प्रधानले घरपरिवारबाट समेत तिरष्कृत भएको समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई राज्यले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । सभापति प्रधानले समलिङ्गी तेस्रोलिङ्गीहरुको संस्था नील हिरा समाजको नविकरण रोकिदा आंफुले भावनात्मक रुपमा सहयोग गरेको स्मरण समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading