एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीको ८० प्रतिशत रकम निकासा समलिंगी एचआइभी संक्रमणको जोखिममा

एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीको ८० प्रतिशत रकम निकासा समलिंगी एचआइभी संक्रमणको जोखिममा

  • बिहिबार, असार २० २०७०

इन्दिरा न्यौपाने (पहिचान) असार २०- राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रले एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीले पाउने मध्ये ८० प्रतिशत रकम निकासा गरेको छ । एचआइभी संक्रमितको हेरचाह, स्यारसुसार देखि जोखिम हुन नदिन चेतना मुलक कार्यक्रम संचालन गर्दै आएको समलिंगी तेश्रोलिंगी समूदायको संस्था नील हिरा समाजसँग सम्झौता गरेको केन्द्रले विगत १० महिनादेखि रकम निकासा गरेको थिएन ।रकम निकास नगर्दा ३ सय ५० जना समलिंगी तेश्रोलिंगीले १० महिनादेखि तलव पाउन सकेका थिएनन् । विहिवार समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं विघठित संविधानसभाका पूर्व सभासद् सुनिलवावु पन्त केन्द्रको कार्यालयमा गएर धर्ना बसेपछि बाध्य भएर केन्द्रले सम्झौता भए मध्येको ८० प्रतिशत रकम निकासा गरेको हो । रकम निकासा गर्नुअघि केन्द्र अधिकारीले पूर्व सभासद् पन्तलाई प्रहरी बोलाएर पक्राउने र वाइसियल बोलाएर बाहिर निकाल्ने धम्की पुर्ण भाषा प्रयोग गरेका थिए ।

पन्तले काम गर्ने समलिंगी तेश्रोलिंगीले पाउनु पर्ने रकम नपाएसम्म कुनै पनि हर्कत सहन आफू तयार रहेको जवाफ दिएका थिए । केन्द्रका एक कर्मचारीले भने ः पन्त यसरी केन्द्रमा आएर अड्डी कसेर बसेको पहिलो पटक हो । बाध्य भएर मात्रै केन्द्रले रकम निकासा गरेको हो । केन्द्रले निकासा गरेको रकमले तलव दिन मात्रै पुग्छ पन्तले भन्नुभयो ः अरु खर्च भएको रकम त केन्द्रले कहिले दिन्छ । अहिले तलव विहिन समलिंगी तेश्रोलिंगीलाई काम गरेको पारिश्रमिक दिन पुग्ने गरी रकम निकासा भएको छ ।
यसैबीच समलिंगीको तुलनामा समलिंगीलाई एचआइभीको संक्रमण उच्च हुने गरेको पाइएको छ । नील हिरा समाज मकवानपुरले गरेको कार्यक्रममा सहभागीले समलिंगीबीच हुने यौन सम्वन्धका कारण एचआइभी संक्रमण विपरितलिंगीको तुलनामा उच्च हुने गरेको जानकारी दिइएको हो ।
असुरक्षित यौन सम्पर्कले गर्दा समलिंगीलाई एचआइभि संक्रमण बढी हुने गरेको बताउँदै समाजका साथी शिक्षक कमल तिमिल्सिनाले यसबाट बच्न कण्डम र ल्युब्रिकेन्टको सहि प्रयोग गर्न सुझाव दिए । तिमिल्सिनाले यसबारे समाजका हरेक व्यक्तीलाई सचेत गराउनु आवश्यक भएकोमा जोड दिए ।
विभिन्न क्षत्रका प्रतिनिधि लगायत समलिंगी तेस्रोलिंगीको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरिक्षक शसीकान्त सिहंले एचआइभी संक्रमण हुने कारण तथा संक्रमण हुन नदिने उपाय बारेमा जानकारी दिएका थिए । जिल्ला एड्स समन्वय समिति मकवानपुरका कार्यक्रम संयोजक गोविन्द विश्वकर्माले देशभर हाल २० हजार ५ सय ८३ एचआइभि संक्रमित रहेको त्यसमध्ये २ सय ५६ जना समलिंगीबीचको यौन सम्पर्कको कारण एचआइभि संक्रमण भएको बताउनु भयो ।

तर मकवानपुरमा भने अहिलेसम्म त्यस्तो नपाएको विश्वकर्माको भनाई छ । मकवानपुरमा एचआइभि संक्रमित २ सय २२ जनामा १८ जना बालबालिका रहेको समेत कार्यक्रममा जानकारी दिइएको थियो । समलिंगी शारिरीक सम्पर्क प्राकृतिक चाहना अनुरुप नै हुने भएकोले पनि उच्च जोखिम रहेको र यसबाट बच्नका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम तथा कण्डम लुब्रिकेण्ट समेत संस्थाले वितरण गर्दै आएको नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले जानकारी दिनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading