समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीति बुझाउदै डिएसयु

समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीति बुझाउदै डिएसयु

  • शुक्रबार, साउन ४ २०७०

नरेश फुयांल–काठमाडौं–४ साउन । समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई राजनीतिक रुपमा सचेत गराउन डिएसयु (डेनमार्क सोसल डेमोक्रेटिक युथ) ले चार दिने तालिमको दिइरहेको छ ।

डिएसयु डेनर्माकमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका क्षेत्रमा काम गर्दै आएको त्यहाको एक प्रतिस्टित संस्था हो । नेपालका समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक रुपमा सचेत हुन के गर्नु पर्छ भनेर उक्त संस्थाबाट आएका मिकिदम लारसेन र सिमोन माडसेनले तालिम दिइरहेका छन् । यस्तै नील हिरा समाजका दुर्गा थापा र बासु गुरागाईले पनि तालिम दिइरहेका छन् ।

राजनीतिमा लाग्दाका फाइदा र बेफाईदा तथा राजनीतिक रुपमा सचेत हुदा र त्यसमा प्रत्यक्ष सहभागी हुंदा अधिकार प्राप्तीका लागी हुने सहजताका बिषयमा तालिम केन्द्रित रहेको नील हिरा समाजकी कन्ट्रि कोअडिनेटर दुर्गा थापाले जानकारी दिइन् । डेनमार्कको संसदमा प्रतिनिधित्व समेत गरिसकेका मिकिदम लारसेन र सिमोन माडसेनले समलिङ्गी तेस्रोलिङ्गीको अधिकार प्राप्तीको लंडाइमा सफल हुन समलिङ्गी तेस्रोलिङ्गी राजजीतिक रुपमा सचेत हुन अत्यावश्यक रहेको बताएका छन् ।

उनीहरुले राजनीतिमा प्रत्यक्ष सहभागी हुन सके समलिङ्गी तेस्रोलिङ्गीका अधिकार संविधानमा लेखाउन सहज हुने बिचार ब्यक्त गर्दै त्यसका लागी पहल गर्न सुझाव समेत दिएका नील हिरा समाजकी कन्ट्रि कोअडिनेटर थापाले बताईन् । चार दिने सो तालिममा २५ जना सहभागी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading