डिएसयुद्वारा समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक प्रशिक्षण

डिएसयुद्वारा समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक प्रशिक्षण

  • शनिबार, साउन ५ २०७०

नरेश फुयाल–काठमाडौं–५ साउन । राजनीतिक रुपमा सचेत गराउन डिएसयु (डेनमार्क सोसल डेमोक्रेटिक युथ) ले नेपालका समलिङ्गी तेस्रोलिङ्गी समुदायलाई चार दिने तालिम प्रदान गरेको छ । डिएसयु डेनर्माकमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका क्षेत्रमा काम गर्दै आएको त्यहाको एक प्रतिस्टित संस्था हो । नेपालका समलिङ्गी तेस्रोलिङ्गीलाई राजनीतिक रुपमा सचेत हुन के गर्नु पर्छ भनेर उक्त संस्थाबाट आएका मिकिदम लारसेनसिमोन माडसेनले तालिम दिएका हुन् ।

यस्तै नील हिरा समाजका दुर्गा थापा र बासु गुरागाईले पनि उक्त तालिमका सहभागीलाई तालिम प्रदान गरेका थिए । राजनीतिमा लाग्दाका फाइदा र बेफाईदा तथा राजनीतिक रुपमा सचेत हुदा र त्यसमा प्रत्यक्ष सहभागी हुंदा अधिकार प्राप्तीका लागी हुने सहजताका बिषयमा तालिम केन्द्रित रहेको तालिमकी प्रशिक्षक नील हिरा समाजकी कन्ट्रि कोअडिनेटर दुर्गा थापाले जानकारी दिइन् ।

डेनमार्कको संसदमा प्रतिनिधित्व समेत गरिसकेका मिकिदम लारसेनसिमोन माडसेनले समलिङ्गी तेस्रोलिङ्गीको अधिकार प्राप्तीको लंडाइमा सफल हुन समलिङ्गी तेस्रोलिङ्गी राजजीतिक रुपमा सचेत हुन अत्यावश्यक रहेको बताएका छन् । उनीहरुले राजनीतिमा प्रत्यक्ष सहभागी हुन सके समलिङ्गी तेस्रोलिङ्गीका अधिकार संविधानमा लेखाउन सहज हुने बिचार ब्यक्त गर्दै त्यसका लागी पहल गर्न सुझाव समेत दिएका नील हिरा समाजकी कन्ट्रि कोअडिनेटर थापाले बताईन् ।

यस्तै तालिमकी सहभागी तथा नील हिरा समाजकी मानबअधिकार बिभाग प्रमुख भूमिका श्रेष्ठले तालिम नेपालका समलिङ्गी तेस्रोलिङ्गीका लागी फलदायी भएको बताइन् । श्रेष्ठले उक्त तालिमले राजनीतिमा प्रवेश, त्यसका लागी आबश्यक न्युनतम सर्त तथा क्षमता र नेतृत्वमा हुनुपर्ने गुण केके हुन् र त्यसको आर्जन कसरी गर्न सकिन्छ भन्ने कुरा समलिङ्गी तेस्रोलिङ्गीले तालिमबाट प्राप्त गरेको जानकारी दिइन् ।

चार दिने सो तालिममा २५ जना समलिङ्गी तेस्रोलिङ्गीको सहभागीता रहेको तालिमका सहभागी बिष्णु अधिकारीले जानकारी दिए । अधिकारीले तालिमले समलिङ्गी तेस्रोलिङ्गीको नेतृत्व विकासमा ठूलो टोपा पुर्‍याउने विश्वास ब्यक्त गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading