समलिङ्गी तेस्रोलिङ्गीलाई केन्द्रमा पनि प्रतिनिधित्व गराउछौं : एमाले

समलिङ्गी तेस्रोलिङ्गीलाई केन्द्रमा पनि प्रतिनिधित्व गराउछौं : एमाले

  • मंगलबार, साउन ८ २०७०

नरेश फुयांल–काठमाडौं–८ साउन । नेकपा एमालेका नेताहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आगामी निर्वाचनमा समाबेश गरेर लैजाने बताएका छन् । प्रत्यक नागरिक तथा समुदायले राज्य रहेको अनुभुति गर्न पाउनु पर्ने भन्दै एमाले नेताहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आफ्नो पार्टीले निर्वाचनमा सहभागी गराउने बताएका हुन् ।

समलिङ्गी तेस्रोलिङ्गी समुदायका अभियान्ता तथा पूर्व सभासद सुनिलबाबु पन्त नेतृत्वमा मंगलबार दिउसो एमाले मुख्यालय बल्खु पुगेका समलिङ्गी तेस्रोलिङ्गीहरुसंग एमाले महासचिव इश्वर पोखरेल, सचिव बिष्णु पौडेल, प्रदिप ज्ञवाली लगायतका नेताहरुले यमूल्य चुकाउन तयार रहको बताए । उनीहरुले आशन्न संविधानसभाको निर्वाचनमा सहकार्य गरेर अघि बढ्न समेत आग्रह गरेका समलिङ्गी तेस्रोलिङ्गी समुदायका अभियान्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले जनकारी दिए । एमाले नेताहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्थानीय तह देखी केन्द्रसम्म समेट्न एमाले तयार रहेको भन्दै समलिङ्गी तेस्रोलिङ्गीहरुको संस्था नै गठन गर्ने आश्वासन दिएको पन्तले बताए ।

छलफलमा सहभागी एमाले नेता प्रदिप ज्ञवालीले आफ्नो पार्टी सबैभन्दा समाबेशी भएको र सबैका अधिकारका लागी वकालत गर्दै आएको दाबी गर्दै समलिङ्गी तेस्रोलिङ्गीका कतिपय मागहरुलाई राजनीतिकरण गरेर अघि बढ्नु परे त्यसमा पनि तयार रहेको बताए । उनले समाजमा अझै पनि खुलेर आउन नसकेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका माग र अधिकारलाई संविधानमै सुरक्षित गर्न एमालेले बिशेष पहल गर्ने बताए । नेता ज्ञवालीले समलिङ्गी तेस्रोलिङ्गी समुदायका मुद्दालाई आफ्नो पार्टीले पार्टी बिधान र घोषणापत्रमै समाबेश गर्ने पनि बताए ।

छलफलमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका अभियान्ता तथा पूर्व सभासद पन्तले संविधानमै आंफुहरुको अधिकार सुरक्षीत गर्न एमालेले के कस्तो सहयोग गर्न सक्छ भन्दै बिभेदमा पारिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई अन्य समुदाय सरह अघि बढाउन राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.