निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजनीतिक क्रियाशिलता बढाउनुस्, अधिकार सुरक्षित गर्न सजिलो हुन्छ : आचार्य

राजनीतिक क्रियाशिलता बढाउनुस्, अधिकार सुरक्षित गर्न सजिलो हुन्छ : आचार्य

580
SHARES

narahariनरेश फुयांल, काठमाडौं–२३ साउन । नेपाली कांग्रेसका नेता नरहरी आचार्यले अधिकार प्राप्तिका लागि सामाजिक मुद्दालाई राजनीतिकरण गर्न समलिङ्गी तेस्रोलिङ्गीलाई सुझाव दिएका छन् । राज्यबाट पछि पारिएका समुदायको अधिकार सुरक्षित गर्न पछिपरेका समुदायले आफ्ना मुद्दालाई राजनीतिकरण गर्नु पर्ने उनको भनाई छ ।

बुधबार नेपाली कांग्रेस महाधीबेशन प्रतिनिधि तथा तेस्रोलिङ्गी महिला भूमिका श्रेष्ठ नेतृत्वको समलिङ्गी तेस्रोलिङ्गीहरुको टोलीसंग नेता आचार्यले राज्यमारहेका हरेक समुदायले समान अधिकार पाउनु पर्ने भएपनि अल्पसंख्यक समुदायले समान अधिकार पाउन नसकेको बताए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र मुद्दा पनि विस्तारै राजनीतिक दलहरुले उठाउन थालेको भन्दै आचार्यले आगामी दिनमा उनीहरु पनि अन्य समुदाय सरहनै अघि बढ्न सक्षम हुने बताए ।

आफ्ना अधिकारका कुरा गर्नेहरुले अन्य समुदायको अधिकारको लागि पनि आवाज उठाउन सके मात्रै राष्ट्रिय नेता बन्न सकिने उनको भनाईछ । समलिङ्गी तेस्रोलिङ्गीपनि अन्य समुदाय सरहनै भएको भन्दै कांग्रेस नेता आचार्यले आफ्नो पार्टीले उनीहरुलाई समानुपातिक तर्फबाट संविधानसभामा पुर्‍याउन सक्ने बताए । तर त्यसका लागि स्वयम समलिङ्गी तेस्रोलिङ्गी नै राजनीतिक रुपमा क्रियाशिल हुनु पर्नेमा उनको जोड छ । कांग्रेसले आफ्नो घोषणा पत्रमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई विगतमा जस्तै समेट्ने तर अझै त्योभन्दा प्रभावकारी ढङ्गले आफ्ना माग समाबेश गर्न पार्टीलाई थप दवाव दिन समलिङ्गी तेस्रोलिङ्गीलाई नेता आचार्यको सुझाव छ ।

bbbयसैबीच, नेपाली कांग्रेस महाधीबेशन प्रतिनिधि तथा तेस्रोलिङ्गी महिला भूमिका श्रेष्ठ नेतृत्वको समलिङ्गी

समाचार शेयर गर्नुहोस्
580
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.