समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा पुर्‍याउन सकिन्छ : अध्यक्ष थापा

समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा पुर्‍याउन सकिन्छ : अध्यक्ष थापा

  • आइतबार, साउन २७ २०७०

नरेश  फुयांल,काठमाडौं–२७, साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउन सक्ने बताएको छ । राप्रपा अध्यक्ष सुर्यबहादुर थापाले सक्षम भए समलिङ्गी तेस्रोलिङ्गीलाई आफ्नो पार्टीले संविधानसभामा पुर्‍याउने बताएका हुन् ।

समलिङ्गी तेस्रोलिङ्गी अधिकारका अभियान्ता सुनिलबाबु पन्तको नेतृत्वमा आइतबार आफ्नै निबास माली गाउ आइपुगेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसंग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले कुनै पनि समुदायमाथी बिभेद नगर्ने स्पष्ट पारे ।
उनले समलिङ्गी तेस्रोलिङ्गीको अधिकार र उनीहरुका मुद्धालाई आफ्नो पार्टीले घोषणा पत्रमै समाबेश गर्ने बताए । आफ्नो पार्टीमा आउन चहाने यौनिक तथा लैलिङ्गीक अल्संख्यकलाई सदस्यता दिन आफ्नो पार्टी तयार रहेको भन्दै उनले लिङ्गकै आधारमा बिभेद गर्न नहुनेमा जोड दिए ।

सो अबसरमा समलिङ्गी तेस्रोलिङ्गी अधिकारका अभियान्ता सुनिलबाबु पन्तले आफ्नो समुदायका अधिकारका लागि राप्रपाले पनि सहयोग गर्नु पर्ने बताएका थिए । समलिङ्गी तेस्रोलिङ्गीलाई अझै पनि फरक ढङ्गले हेर्नु पर्ने कुरै कारण नरहेको भन्दै यसका लागि राजनीतिक दलहरुले पहल गर्नु पर्ने बिचार ब्यक्त गरे ।

फरक प्रसंगमा राप्रपा अध्यक्ष थापाले संविधानसभाको निर्वाचन मंसिर चारमा हुने या नहुने चार राजनीतिक शक्तिले चांडै निर्णय गर्नु पर्ने बताए । निर्वाचन बहिष्कार गर्ने बताइरहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका अन्य दलहबिच एक साताभित्र सहमती भए निर्वाचन हुने उनले बताए । अध्यक्ष थापाले विद्यमान समस्या समाधानका लागि निर्वाचन निर्विकल्प माध्यम भएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.