समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा पुर्‍याउन सकिन्छ : अध्यक्ष थापा

समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा पुर्‍याउन सकिन्छ : अध्यक्ष थापा

567
SHARES

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउन सक्ने बताएको छ। राप्रपा अध्यक्ष सुर्यबहादुर थापाले सक्षम भए समलिङ्गी तेस्रोलिङ्गीलाई आफ्नो पार्टीले संविधानसभामा पुर्‍याउने बताएका हुन्।

समलिङ्गी तेस्रोलिङ्गी अधिकारका अभियान्ता सुनिलबाबु पन्तको नेतृत्वमा आइतबार आफ्नै निबास माली गाउ आइपुगेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसंग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले कुनै पनि समुदायमाथी बिभेद नगर्ने स्पष्ट पारे।

उनले समलिङ्गी तेस्रोलिङ्गीको अधिकार र उनीहरुका मुद्धालाई आफ्नो पार्टीले घोषणा पत्रमै समाबेश गर्ने बताए। आफ्नो पार्टीमा आउन चहाने यौनिक तथा लैलिङ्गीक अल्संख्यकलाई सदस्यता दिन आफ्नो पार्टी तयार रहेको भन्दै उनले लिङ्गकै आधारमा बिभेद गर्न नहुनेमा जोड दिए।

सो अबसरमा अभियान्ता पन्तले आफ्नो समुदायका अधिकारका लागि राप्रपाले पनि सहयोग गर्नु पर्ने बताएका थिए। समलिङ्गी तेस्रोलिङ्गीलाई अझै पनि फरक ढङ्गले हेर्नु पर्ने कुरै कारण नरहेको भन्दै यसका लागि राजनीतिक दलहरुले पहल गर्नु पर्ने बिचार ब्यक्त गरे।

फरक प्रसंगमा राप्रपा अध्यक्ष थापाले संविधानसभाको निर्वाचन मंसिर चारमा हुने या नहुने चार राजनीतिक शक्तिले चांडै निर्णय गर्नु पर्ने बताए। निर्वाचन बहिष्कार गर्ने बताइरहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका अन्य दलहबिच एक साताभित्र सहमती भए निर्वाचन हुने उनले बताए। अध्यक्ष थापाले विद्यमान समस्या समाधानका लागि निर्वाचन निर्विकल्प माध्यम भएको बताए।

समाचार शेयर गर्नुहोस्
567
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.