समलिङ्गि तेस्रोलिङ्गिलाई सहयोग गर्ने नेताहरुको प्रतिबद्धता

समलिङ्गि तेस्रोलिङ्गिलाई सहयोग गर्ने नेताहरुको प्रतिबद्धता

851
SHARES

Nilhiraनरेश फुयांल (पहिचान)काठमाडौं–२८ भदौ । कैलालीमा क्रियाशिल राजनीतिक दलका नेताहरुले समलिङ्गि तेस्रोलिङ्गिका मुद्धा अब आफ्नो दलको पनि मुद्धा भएको बताएका छन् । सबै समुदायका मुद्धालाई समेटेर अघी बढ्नु राजनीतिक दलहरुको जिम्मेवारी र कर्तव्य भएको भन्दै नेताहरुले समलिङ्गि तेस्रोलिङ्गिको अधिकार प्राप्तीको लडाईमा अब आफुहरुले सहयोग गर्ने पनि बताए ।

नील हिरासमाजले कैलालीको धनगढीमा शुक्रबार गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाओवादी, नेकपा–माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, फोरम गणतान्त्रिक, दलित जनजाती, नेपाल परिवार दललगायतका दलका नेताहरुले यौनिक अल्पसंखयकलाई लिङ्गकै आधारमा अब बिभेद नगर्ने प्रतिबद्धता समेत जनाएका नील हीरा समाजकी मानअधिका रविभाग प्रमुख भूमिका श्रेष्ठले जानकारी दिइन् ।

नेताहरुले यौनिक अल्पसंख्यकलाई राजनीतिक रुपमा अघीबढाउन पूर्ण सहयोग गर्ने समेत बताएका श्रेष्ठले बताइन् ।

समाचार शेयर गर्नुहोस्
851
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.