लैङ्गिक अल्पसंख्यक राजनीतिमा अग्रसर

लैङ्गिक अल्पसंख्यक राजनीतिमा अग्रसर

  • शनिबार, भाद्र २९ २०७०

bhumikaमहेन्द्रनगर, २९ भदौ । राज्यको सेवा सुविधा र पहुाचबाट वञ्चित रहादै आएका यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदाय चेतनाको स्तरबृद्धि सगै राजनीतिमा अग्रसर हुन थालेका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट ३ जना लैङ्गिक अल्पसंख्यक संविधानसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सिफारिसमा परेका छन् ।

कैलालीको टिकापुरबाट मोनिका शाही, बाजुराबाट पार्वती रेग्मी र बझाङबाट बिन्दाकुमारी सिंहलाई समानुपातिकतर्फ सिफारिस गरिएको निल हिरा समाज कञ्चनपुरमा आवद्ध मलिना न्यौपानले बताइन् । उनका अनुसार शाही राप्रपा नेपाल, रेग्मी नेपाली कााग्रेस र सिंह नेपाल राष्ट्रिय सेवा दलबाट सिफारिसमा परेका हुन् ।

“यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान र मुद्दा संविधानमा स्थापित गराउन संविधानसभामा हाम्रो प्रतिनिधित्व हुनु आवश्यक छ,” राप्रपा नेपालबाट समानुपातिकको उम्मेदवारका लागि सिफारिसमा परेका मोनिका शाहीले भनिन्,“संविधानसभामार्फत नागरिकता, रोजगारी लगायतका मौलिक हकमा हामीले पनि समानता पाउनुपर्‍यो ।”

निल हिरा समाजको सहयोगमा सहयात्रा नेपालले आयोजना गरेको ‘राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक पहुाच र अवस्था विषयक’ छलफलमा उक्त समुदायका प्रतिनिधिले आफूले समानताको अधिकार पाउन नसकेको गुनासो गरे ।

“राज्यले विगतदेखि नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई पछाडि पारेको छ । स्पष्ट पहिचान खुलाएर समाजमा बाच्न गाह्रो छ,” तेस्रोलिङ् मानव अधिकारकर्मी भूमिका श्रेष्ठले भनिन्, “राजनीतिमा पहुाच बढाएर आफ्नो समुदायलाई समानताको हक दिलाउन हामी अग्रसर छौं ।” निल हिरा समाजमा आवद्ध व्यक्ति हाल विभिन्न पार्टीमा क्रियाशील भएर घोषणापत्रमै अल्पसंख्यकका मुद्दा सम्बोधन गराउन माग गरिरहेका नेपाली काग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेकी श्रेष्ठले बताइन् ।

अल्पसंख्यकले सहज नागरिकता, बिबाह मान्यता, रोजगारी र सेनाप्रहरीमा समानताका आधारमा भर्ना पाउनुपर्ने मलिना न्यौपानेले बताइन् । “नागरिकता बनाउन समेत तेस्रोलिङ्गी भनेर प्रमाणित गराउनुपर्ने प्रावधान राखिएको छ,” न्यौपानेले भनिन्, “त्यो कसरी प्रमाणित गराउने ? पुरुष र महिलाको नागरिकता बनाउादा प्रमाणित नगर्नु परेजस्तै तेस्रो लिङ्गीको नागरिकता बनाउादा पनि प्रमाणित नगर्नुपर्ने प्रावधान राखिनुपर्छ ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.