चुनावमा भोट नहाल्ने समलिंगी तेश्रोलिंगीको घोषणाा, गुरुङ्गको अध्यक्षता नयाँ नेतृत्व चयन

चुनावमा भोट नहाल्ने समलिंगी तेश्रोलिंगीको घोषणाा, गुरुङ्गको अध्यक्षता नयाँ नेतृत्व चयन

  • बुधबार, कार्तिक २० २०७०

काठमाडौं (पहिचान) कार्तिक २०- देशभरका समलिंगी तेश्रोलिंगीले मंसिर ४ गते हुन लागेको संविधान सभा चुनावमा भोट नखसाल्ने घोषणा गरेका छन् । मूख्य भनिएका दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएको भन्दै समलिंगी तेश्रोलिंगीले चुनावमा भोट नखसाल्ने घोषणा गरेका हुन् । नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले ठूला दलले आफ्ना कोही पनि प्रतिनिधि चुनावी मैदानमा नउतारेकाले चुनावमा मतदान नगर्ने घोषणा गरेको जानकारी दिए ।

images (1)केही साना दलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवार बनाएका छन् त्यो खुशीको कुरा हो पन्तले भने ः संविधान सभामा पुर्याउने ग्यारेन्टी गरेका ठूला दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार बनाएनन् किन र कस्का लागि मत खसाल्ने ? तामझामका साथ पार्टी प्रवेश गराएर गुलिया आश्वास दिने मूख्य दललाई भोट हाल्नुको कुनै औचित्य नरहेको पन्तको भनाई छ । पन्तले संविधान सभामा आफ्ना अधिकार लेखाउन सडक सघर्ष गर्ने चेतावनी दिए । सडकबाट दवाव दिनुको विकल्प रहेन पन्तले भने ः नयाँ संविधानमा अधिकार लेखाउन हामी सबै सडकबाट निरन्तर दवाव दिइरहन्छौ ।

नील हिरा समाजका नवनिर्वाचित पदाधिकारीले पनि संविधान सभा चुनावमा ठूला भनिएका एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेलाई भोट नहाल्ने र चुनावमा सहभागी समेत नहुने घोषणा गरेका छन् । नील हिरा समाजकी मानवअधिकार विभाग प्रमूख एवं नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि भूमिका श्रेष्ठले संविधान सभा चुनावमा आफ्नो नाम अन्त्यमा हटाएकोमा धेरै दुख लागेको बताइन ।Bhumika

श्रेष्ठले राजनीतिक दलका कारण आफ्नो समूदायमा द्धन्द्ध सिर्जना भएको र यसले आफूलाई नयाँ ढंगले अगाडि बढ्ने हौसला मिलेको बताइन । श्रेष्ठले समलिंगी तेश्रोलिंगीलाई सहभागिता नगराएकाले राजनीतिक दलहरु प्रतिको आस्था र विश्वास टुटेर गएको बताइन । श्रेष्ठले आफ्ना अधिकार ठूला दलका नेताले चोलो र सारी लगाएर लेख्ने होलान भनेर व्यङ्गय समेत गरिन । ठूला दलले आफ्नो समूदायलाई अन्तिम समयमा घात गरेकोमा दुख लागेको बताइन ।

नील हिरा समाजका मलायका लामाले आफ्ना समूदायका एक जना पनि समूदायका सदस्यलाई उम्मेदवार नवनाएकाले भोट नखसाल्ने बताए । ठूला भनिएका दलले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नवनाएकोमा मलाई धेरै चित्त दुखेको छ मलायकाले भने ः म त चुनावमा कसैलाई पनि भोट हाल्दिन ।
११ सदस्यीय नयाँ नेतृत्व चयन
???????????????????????????????नील हिरा समाजको बार्षिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको अध्यक्षमा संंजिव गुरुङ्ग, उपाध्यक्षमा उमेश पाण्डे, सचिवमा रोशन महतो र कोषाध्यक्षमा रविना श्रेष्ठ निर्विरोध निर्वाचित भए । मतदानबाट नविन शेरचन, मनोरञ्जन कुमार बैद्य, मणीराज लामा, श्रीकृष्ण थापा, रत्नकुमार घर्ती मगर, सुमन महर्जन, अर्जुन बस्नेत विजयी भएका छन् ।???????????????????????????????

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले टिका लगाइदिएर कार्यकाल सफलताको सुभकामना दिए । नवनिर्वाचित अध्यक्ष संजिव गुरुङ्ग, उपाध्यक्ष उमेश पाण्डे, सचिव रोशन महता लगायतले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका लागि सबैको साथ सहयोग लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading