न त आमाले, न त मामाले नै माया गरे

न त आमाले, न त मामाले नै माया गरे

ममता थापा/पहिचान-हुन त जीवन कहाँ सोचे जस्तो हुन्छ र ? जीवन जीउने आ आफ्नो फरक फरक तरिका हुन्छ रे । अनि जीवनमा धेरै संघर्ष परिरहन्छ । मेरो जीवन पनि उस्तै उस्तै तरिकाले अनि संघर्षले चलिरहेको छ। मेरो घर गुल्मी जिल्लाको टाटिम गाउ बिकास समिति वडा नम्बर ४ मा पर्छ । मेरो कहानी यहाँबाट सुरु हुन्छ कि आखिर मा मा जान,अद मेरो घरमा निकै खुसि र चमत्कार निकै थियो रे मेरो बाबाले म जन्मदा भोज भतेर गर्नुभएको थियो रे ।

हुन त म भन्दा पहिला दार्इ जन्मिसक्नु भएको थियो रे । तर मेरो बाबालाई छोरीको सारै रहर थियो रे । अनि म जन्मे पछि मेरो घरमा निकै खुसीको पल भाथ्यो रे । म हुर्कदै गए, ठुली पनि भए म गौउकै एउटा बिद्यालयमा पढ्न जना थाले । मैले जम्मा १ र २ कक्षा मात्र पढे । किन कि मेरो घर परिवार आर्थिक रुपमा निकै कम्जोर थियो। पढ्ने रहर निकै थियो म मा । तर घरको स्थितिले गर्दा मैले चाहेजती पढ्न सकिन। हुन त बाबाले भन्नुहुन्थ्यो मा जसरि भए पनि पढाउँछु ।

तर मलाई घरको स्थितिले गर्दा पटक्कै पढ्ने मनै भएन। क करिब १३ र १४ बर्षकी भए अनि अब मैले घरको खर्च चलाउनलाई केहि काम गर्नु पर्छ भन्ने सोच बनाए र म घरबाट भागेर रुपन्देही जिल्लाको बुटवलमा आए। म घर छोडेर आइसकेपछि बुटवलमा मैले चिनेको कोही आफन्तहरु थिएनन् । अनि मैले १र२ दिन निकै दुख पाए । कहिले आमालाई सम्झेर रोए त कहिले घरको स्थिति सम्झेर रोए । जति रोए पनि मेरो आसु देख्ने कोही भएन ।

आखिर मेरो भाग्यलाई धिकार्नु सिबाय केहि बाकी रहेन म संग। भगवानलाई गाली गरे, किन जन्म दिएको भनेर । म कामको खोजीमा भौतारिदै हिडे । राम्रो काम गर्न म संग प्रसस्त पढाई पनि थिएन । अनि बल्ल तल्ल मैले कुल्लिकाम पाए । अनि कुल्लिकाम गर्न सुरु गरे। कुल्ली काम गर्दा इट्टा बालुवा बोक्नु पर्ने रहेछ । गाउमा हुदा जतिनै दुख पाए पनि काम नगरेकी मलाई कुल्लिकाम गर्न निकै कठिन भयो। दुख सुख २ महिना मैले काम गरे ।

अनि काम गरेको पैसा लिएर घर अथवा गुल्मी जाने निधो गरे । अनि म गुल्मी तिर लागे घरमा पुग्दा रातिको करिब ९ बजेको थियो । आम बाबा खाना खाने तरखरमा हुनुहुन्थ्यो । म त्यति बेला टुप्लुक्क घरमा पुगे। मलाई बाबाले देख्ने बित्तिकै पिट्नु भयो । म रुन थाले अनि आमाले फकाउनु भयो । पछि बाबा पनि म संगै रुनुभयो । घर छोडेर किन र कहाँ गएकी भन्दै अनि मैले बाबालाई सम्झाए । मैले अब केहि गर्नु पर्छ भनेर पैसा कमाउनलाई गएको भनेर जबाफ दिए ।

जबाफ संगै मैले मेहेनत गरेर ल्याएको पैसा बाबाको हातमा राखिदिए बाबा झनै रुनु भयो। अनि हामी खान खाएर सुतेउ । उज्यालो भए पछि म घरको काममा आमालाई सघाउन थाले । म करिब १ महिना सम्म घरमै बसे । गाउ घरमा छोरी धेरै बढाएर रख्नुहुदैन भन्ने अन्धबिस्वास निकै चर्चित निकै थियो । अनन्त मेरो घरमा पनि त्यही कुराले सतौन थाल्यो । मेरो बाबाले मेरो १४ बर्षको उमेरमा बिहे गर्दिने निधो गर्नु भयो मेरो मामाले केटा देखाउन लिएर आउनु भयो ।

तर मलाई बिहे गर्न मनै थिएन । बाबाले निकै कर गर्नु भयो । तर मलाई केटा प्रति आकर्षण हुदैनथ्यो । बाबाले मलाई निकै धम्काउनु भयो । अनि बाबाले आफ्नो एकोहोरो एकोहोरो जिद्दीले मेरो बिहे गर्ने निधो गर्नु भयो । अनि म बिहे गर्न भन्दा भन्दै रोए कराए । तर मेरो आवाज कसैले पनि सुनेनन् । न त आमाले न त मामाले । आखिर मेरो पिर बुझ्ने कोइ भएनन् म बिहे गर्दिन भनेर भागेर फेरी बुटवल गए । बुटवल त जसो तसो पुगे अनि फेरी कुल्ली काम गर्छु भन्ने आट गरे केहि दिन काम गरे ।

केहि दिन पछि म बिरामी परे । मेरो साहारा कोहि भएनन् । म साउ संग पैसा मागेर अस्पताल गए । अस्पतालमा पुगेपछि मलाई डाक्टरले टाइफाइड भएको छ भर्ना हुनुपर्छ भन्ने सुजाब दिनुभयो । मैले हुन्छ भनेर म अस्पतालमा भर्ना भए । राति भयो सबै बिरामीको अस्पतालमा कुरुवा थिए । तर म भने एक्लै बेडमा लडिरहेको थिए । सबैको आफन्तले खान लिएर आउथे भेट्न आउथे । म भने भोकै सुति रहन्थे रुदै सुतिरहेको थिए । मेरो नजिकै एक जना बुढी आमा सुत्नुभएको थियो ।

उहालाई कुर्नको लागि एक जना दार्इ कुरुवा बस्नु भएको थियो । अनि उहाले म रोएको देखेर सोध्नु भयो बैनी किन रोएको भनेर । मैले केहि जबाफ नै नदिएर रोइ रहे । उहाले पटक पटक सुध्नु भयो मैले नभनी सुखै पाइन । मैले मेरो घरको अनि मेरो जीवनको सबै कुराहरु भनिदिए । अनि उहाले पनि आफ्ना सबै कुराहरु भन्नु भयो । उहाले आफु जन्मदा केटि जन्मेको र अहिले आफुलाई केटा हुन मन भएर केटा बनेको कुरा सुनाउनु भयो । एक छिन मलाई अच्चम्म लाग्यो ।

अनि उहाले आफुलाई पनि पैला घरपरिवारले जबर्जस्ति बिहे गरिदिन खोज्दा घर छोडेर हिडेको काहानी सुनाउनु भयो । म मेरा कुराहरु भन्दै धेरै रोए । उहा पनि रुनुभयो । अनि उहाले भन्नु भयो अब तिमि नरोउ म तिमीलाई साथ दिन्छु भन्नु भयो । म उहाको कुरा सुनेर निकै खुसि भए । भोलिपल्टबाट उहाले मेरो पनि हेरचाह गर्नुभयो । मलाई खाना देखि लिएर औषधी पनि उहाले नै खुवाउन थाल्नु भयो । हामी करिब ५ दिन अस्पतालमा बसेउ । ५ दिन पछि डाक्टरले घर जाने भने पछि म अब कता जाने भन्ने अलमलमा थिए । उहाले मलार्इ आफ्नो घरमा जाउ हिड भन्नु भयो अनि मा पनि उहाकै घरमा गए ।

म संकल्पको घरमा करिब १० दिन बसे । त्यो बेला उहाले मलाई मन पराउन थाल्नुभएको रहेछ । मैले पनि उहालाई मन पराउन थालेको थिए । तर संकल्प देख्दा केटा जस्तै देखिए पनि उहा जन्मदा छोरीकै रुपमा जन्मनु भएको हो । १० दिन पछि मैले संकल्पलाई भने म अब मेरो डेरा तिर जान्छु भने । अनि उहाले पनि हुन्छ भन्नु भयो । अनि म डेरा तिर लागे । म डेरामा पुगे पछि संकल्पलाई फोन गरेर म डेरामा आइपुगे आमालाई राम्रो बिचार गर्नुस है भने संकल्पले हुन्छ तिमि पनि आफुलाई आफ्नो हेरविचार गर है भन्नु भयो।

आखिर जीन्दगीमा कोइ न कोइ दुख पर्दा साथ दिने मान्छे भगवान जुटाउछ भने झैँ मलाइ पनि दुखको सहारा संकल्प मिलाइदिएका होलान भगवानले। हाम्रो दिनकै फोनमा कुरा भैरहन्थ्यो । २०६५ साल जेष्ठ महिनाको २१ गते राती करिब १० बजे मलाई फोन गर्नु भयो अनि भन्नु भयो ः म तिमीलाई मन पराउँछु । म तिमीसंग बिहे गर्न चाहन्छु भन्नु भयो। म एकछिन अकमक्क परे । अनि संकल्पले आज्ञा नबोले पनि भोलि सम्म मलाई खबर गर भन्नु भयो मैले हुन्छ भनेर फोन राखिदिए। मलाई रात भरि निद्रा नै परेन । किन कि म पनि संकल्पको साथ बिना बाच्न नसक्ने भैसकेकी थिए। भोलि पल्ट उहाले फेरी फोन गर्नु भयो ।

अनि मलाई सोध्नु भयो के मेरो मायालाई तिम्रो दिलमा ठाउँ छ भनेर । मलाई पिर थियो यो समाजको एकातिर समाजको डर अर्को तिर म पनि संकल्पको साथ् बिना बाच्न नसक्ने चिन्ता मलाई समाज र संकल्प म एउटा रोज्ने बेला आएको थियो । अनि मैले पनि उहाको कुरालाई मनन गर्दै समाजलाई पछाडी धकेल्दै संकल्पको माया रोजे । अनि हामी २ एक अर्काको सहरमा यो समाजसंग लडाई अनि हाम्रो पहिचानलाई प्रस्तुत गर्दै संगै जीउने बाचा गरियो।
प्रस्तुती : विनोद विक, भैरहवा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading