नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई पितृ शोक

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई पितृ शोक

काठमाडौं (पहिचान) चैत्र ८ -समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङका बुबाको ७२ बर्षको उमेरमा निधन भएको छ । लमजुङ स्थायी बसोबास भएका ओम बहादुर तमु गुरुङको गएराती निधन भएको हो ।

दुई बर्षदेखि क्यान्सर रोगले पीडित ओम बहादुरको आज आइतवार गुरुङ परम्परा अनुसार स्वयम्वुमा दाहसंस्कार गरिएको छ । मृतक ओमका जेठो छोरोको रुपमा जन्म लिएकी तेस्रोलिंगी महिला पिंकी गुरुङ, एक छोरा, भाई बुहारी, तीन दिदी बहिनी छन् ।

स्वयम्वुमा पुगेर समलिंगी तेस्रोलिंगीले मृत आत्माको चिर शान्तिको कामना सहित सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस भनेर कामना गरे । पहिचान मिडियाले मृत आत्माको चिर शान्तिको कामना गर्दै समाजकी अध्यक्ष गुरुङ सहितका सबै परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस भनेर कामना गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.