कार्यक्रम पहिचान पुनः संचालन गर्न आग्रह

कार्यक्रम पहिचान पुनः संचालन गर्न आग्रह

 बिनोद बिक/ रुपन्देही (पहिचान) चैत ३० – रुपन्देही एफ.एमले नील हिरा समाजले उत्पादन गर्दै आएको रेडियो कार्यक्रम पहिचान बन्द भएकोमा दुःख ब्यक्त गरेको छ । रुपन्देही एफ.एमका स्टेशन म्यानेजर शंकर पाण्डेले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउदै आएको कार्यक्रम पहिचान बन्द हुन नहुने बताए ।

अधिकार प्राप्तीको अभियानाई थप सशक्त बनाउने समयमा कार्यक्रम नै बन्द हुँदा त्यसले नकारात्मक असर पुर्याउने उनको भनाई छ । अधिकारका लागि संविधानसभा, संसद तथा सरोकारवाला पक्षलाई खबरदारी गर्दै आएको कार्यक्रम पहिचान थप बिस्तार र सशक्त गर्ने समयमा बन्द हुँदा अधिकार प्राप्तीको नील हिरा समाजको अभियनलाई न धक्का पुग्ने पाण्डेले बताए ।

सबै मिलेर नील हिरा समाज र यसले चलाउदै आएको अभियान थप मजवुत बनाउन सके मात्र प्राप्त उपलब्धी संस्थागत हुने र थप अधिकार पाउन सजिलो हुने भन्दै उनले कार्यक्रम पहिचानलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । समलिंगी तेस्रोलिंगीबारे जानकारी र उनीहरुका मुद्धाबारे जानकारी दिदै आएको कार्यक्रम पहिचान बन्द हुँदा लाखौंको संख्यामा रहेका यौनिक तथा लैगिक अल्पसंख्यक सँगै समग्र समाजलाई बुझाउन त्यसको अर्को विकल्प केही नभएको पाण्डेले बताए ।

सोही एफ.एमकी समाचार बाचिका उषा किरणले समलिंगी तेस्रोलिंगीको अधिकार संस्थागत गर्न लागिरहेको नील हिरा समाजलाई सबैले सहयोग गर्नु पर्ने बताईन् । मानव अधिकारकर्मी सँगै समग्र राज्य प्रशासनको सहयोग आवश्यक रहेको अवस्थामा कार्यक्रम पहिचानलाई निरन्तरता दिनु पर्ने किरणको धारणा छ । उनले कार्यक्रम पहिचानलाई निरन्तरता दिन संबन्धित पक्षलाई सबैले दवाव दिनु पर्ने बताईन् ।

नील हिरा समाजले करिव तीन वर्षदेखी नेपालस्थित नर्वेजियन दुतावासको सहयोगमा रेडियो कार्यक्रम पहिचान सँगै मानवअधिकार सँग संबन्धित जनचेतनामुलक कार्यक्रम चलाउदै आएको थियो । दुतावासले फेबु्रहरी देखी दुबै कार्यक्रमबाट हात झिकेपछि नील हिरा समाजले रेडियो कार्यक्रम पहिचान र मानवअधिकार सँग संबन्धित कार्यक्रम संचालन गर्न सकेको छैन । समाजले दुताबासको सहयोगमा दैनिक ५० मिनेटको रेडियो कार्यक्रम पहिचान संचालन गर्दै आएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading