समलिंगी तेस्रोलिंगीलाई खाद्यान्न सहयोग

समलिंगी तेस्रोलिंगीलाई खाद्यान्न सहयोग

इन्दिरा न्यौपाने /हेटौडा (पहिचान) जेठ ६ -बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा देशका हजारँौ जनताले ज्यान गुमाएका छन् भने लाखौ प्रभावित भएका छन् । देशका अधिकांश जनता आफ्नो घर छोडेर खुल्ला चौरको पाल मुनि बस्न बाध्य छन् । भुकम्पबाट महिला पुरुष मात्र होईन समलिंगी तेस्रोलिंगीहरु पनि प्रभावित भएका छन् ।

घर परिवारबाट अलग्गिएर बस्न बाध्य भएका यौनिक तथा लैगिंक अल्पसंख्यकहरु डेरामा बस्दै आएका घरहरु कुनै भग्नावशेषमा परिणत भए भने कति घरहरु बस्नै नमिल्ने गरि जिर्ण अवस्थामा पुगेका छन् । जसको कारण यौनिक तथा लैगिंक अल्पसंख्यकहरु सडकमै खान बस्न बाध्य भएका छन् । यसरी भएका घरहरु पनि भत्किएका र सडक पेटीमा बस्न बाध्य भएका मकवानपुरका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई थोरै भए पनि राहत मिलेको छ ।

हेटौडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले भुकम्प पीडित अल्पसंख्यकलाई पहिलो चरणको राहत वितरण गरेको हो । जसमा २ बोरा चामल, ५ लिटर तेल र २ पोका नुन रहेको छ । उक्त खाद्यान्न राहत भुकम्प पीडित यौनिक अल्पसंख्यकहरुलाई गत शुक्रबार बितरण गरेको नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.