कलाकार सबैका हुन् भने तेस्रोलिंगी बारे किन मौन ?

कलाकार सबैका हुन् भने तेस्रोलिंगी बारे किन मौन ?

काठमाडौं (पहिचान) जेठ ८ – सबै नागरिक समान भएकाले यौनिक तथा लैगिक अल्पसंख्यकले पनि महिला पुरुष सरह अधिकार पाउनु पर्ने कलाकार तयाहाङमा राईले वताइन । नेपाली सांगीतिक क्षेत्रमा संभावना बोकेकी उदयमान गायीका राई सबैलाई समान नजरले हेर्न नसके सम्म समाज विकास हुन नसक्ने बताउ छिन् ।

महिला पुरुष जस्तै सबैलाई समान अधिकार उपभोग गर्ने अधिकार समलिंगी तेस्रोलिंगीलाई पनि रहेको भन्दै गायीका राईले अधिकार नपाएसम्म आफ्नो अभियान जारी राख्न नील हिरा समाजलाई आग्रह गरिन् । राज्यले गर्नु पर्ने काम समाजले गरिरहेको भन्दै उनले नील हिरा समाजको अभियानमा सबैले साथ दिनु पर्नेमा जोड दिईन् ।

कलाकारहरुले पनि समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिका लागि काम गरिरहेको नील हिरा समाजलाई साथ दिनु पर्ने उनको भनाई छ । “कलाकार सबैका हुन् उनीहरुले कुनै जाती वा ब्यक्ति विशेष भन्दा पनि जो पछि परेको छ उसलाई सहयोग गर्नु पर्छ । जसरी र जुन माध्यमबाट सकिन्छ त्यसैगरी सहयोग गर्नु पर्छ ।” उनले भनिन् । राज्यका गहना भनिने कलाकारले आआफ्नो क्षेत्रबाट सहयोग गर्न सक्ने भन्दै गायीका राईले गायकी भएकाहरुले गाएर समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्न सक्ने बताइन् ।

समाज अझै पनि पुरानै कुरा र अन्धविश्वासमा रहेको भन्दै यसलाई चिर्न राज्य सँगै सरोकारवाला सबै पक्षले काम गर्नु पर्ने उनको धारणा छ । कुनै संस्था वा ब्यक्ति विशेष भन्दा पनि समाजका सबै ब्यक्तिमा सकारात्मक सोचको विकास हुन सके मात्र समान व्यबाहर कायम हुन सक्ने राईको भनाई छ । समनताका लागि समाजका हरेक व्यक्तिमा अरुको पहिचान र अस्तित्वलाई स्वीकार्न सक्ने क्षमता हुन सके मात्र समतामुलक समाज निर्माण हुन सक्ने उनले बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading