भुकम्प पीडित समलिंगी तेस्रोलिंगीको तथ्याङक संकलन

भुकम्प पीडित समलिंगी तेस्रोलिंगीको तथ्याङक संकलन

काठमाडौं (पहिचान) जेठ १३ – समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले भुकम्प पीडित समूदायका सदस्य र कर्मचारीको क्षतिको बिबरण संकलन थालेको छ । महाभुकम्प गएको एक महिनासम्म सरकारले समूदायका सदस्यको नोक्सानीबारे कुनै तथ्याङक संकलन नगरेकाले समाजकै अग्रसरतामा बिबरण संकलन शुरु भएको हो । समाजको केन्द्रीय कार्यालय धुम्वाराहीमा जम्मा भएका समलिंगी तेस्रोलिंगीले सरकारको आश र पालमुनीको बासले आफूहरुको ज्याननै नरहने खतरा बढेको वताए ।

सिन्धुपाल्चोककी भुकम्प पीडित तेस्रोलिंगी सुर्य बहादुर बुढाथोकीले आफूलाई केटा हो कि केटी राहत दिदैनौ भनेर रित्तो हात फर्काउने गरेको वताए । बोल्न सक्नेलाई राहतको ओइरो लागेको भन्दै तेस्रोलिंगी बुढाथोकीले भने, हामी समलिंगी तेस्रोलिंगीलाई तरकारी छोप्न पनि निमल्ने पाल मिल्काउछन् । सुर्यबहादुरलाई साथीहरुले गाइजात्री उपनामले बोलाउँछन् । सिन्धुपाल्चोकमा सामान्य चर्केका र बस्न मिल्ने घरमा राहतको आइरो लागे पनि आफू जस्ता यौनिक अल्पसंख्यकलाई राहत वितरणमा समेत विभेद भइरहेको उनको भनाई छ ।IMG_20150526_124826603

बैशाख १२ गतेको महाभुकम्प र लगातारका पराकम्पनबाट सबै भन्दा धेरै नोक्सान सिन्धुपाल्चोक जिल्लामा परेको छ । सिन्धुपाल्चोककै तेस्रोलिंगी मेलिनालाई राहत वितरण गर्ने व्यक्तिहरुले दुरव्यवहार गरेको सुर्यबहादुरको भनाई छ । रामेछाप सैंपु गाविसका समलिंगी पुरुष राजन पौडेलले महाभुकम्पमा दुई वटा घर भत्केको, भैसी मरेको, अन्नपात, लत्ता कपडा, गरगहना पुरिएको वताए । पौडेलले रामेछापका सभासद्ले एउटा घर चर्केको र गोठ भत्केको ७२ लाख रुपैयाँ क्षति मुल्याङकन गराए पनि आफूहरुको दुई दुई वटा घर भत्केर सबै नोक्सान हुँदा समेत आधा भन्दा पनि कम मुल्याङकन गराएको गुनासो गरे ।

राहत पनि हुने खानेको मै ओइरिदो रहेछ पौडेलले भने हामी विभेदमा परेका यौनिक तथा लैगिंक अल्पसंख्यकको पीडा कसले सुनिदिने ? राहत लिन गयो दिदैन, पख्नोस तपाईको पालो आउँछ मात्रै भनिरहन्छन समलिंगी पुरुष पौडेलले भने नील हिरा समाजले सरकार र दातृ निकायलाई घचघत्याउनु पर्यो । उनले पहिचान रेडियो कार्यक्रम महाभुकम्प पीडित समलिंगी तेस्रोलिंगी समूदायको आवाज बुलन्द गर्न र सरोकारवाला निकायलाई दवाव दिन तत्काल शुरु हुनु पर्ने माग पनि गरे ।

२०६९ साल साउन १७ गतेदेखि देशमा विभिन्न १५ वटा रेडियो बाट दैनिक एक घण्टा प्रसारण हुँदै आएको पहिचान रेडियो कार्यक्रम नर्वेजियन दूतावासको सहयोग रोकिएपछि हाल बन्द छ । नील हिरा समाजमा आवद्ध भक्तपुर दधिकोटका श्याम श्रेष्ठ, जनकराम न्यौपाने र कृष्णप्रसाद न्यौपानेको पनि महाभुकम्पले विचल्ली बनाएको छ । मास्लो गाउँमा मन्त्रीनै आएर राहत बाडे उनीहरुले भने हामीहरुलाई भने केही छैन, नील हिरा समाजले उपलव्ध गराएको पालमुनी ओत लागिरहेका छौ । उनीहरुले पैसा तिरेर समेत पाल किन्न नपाएको गुनासो गरे । काठमाडौं किर्तिपुर मच्छेगाउँका शेखर शर्माले वडा कार्यालयबाट आफ्नो लागि छुट्टिएको पाल अर्कैले लगेको वताए ।

IMG_20150330_125656148गोरखाका समलिंगी पुरुष रोशन परियारले भुकम्प पीडितलाई बासको व्यवस्था गर्नका लागि सहयोग जुटाउनु पर्ने सुझाव दिए । नील हिरा समाजका कानुनी सल्लाहकार अधिवक्ता प्रेम बहादुर थापाले बास्तविकता नहेरी राहत वितरण हुँदा दुरुपयोग भइरहेको वताए । राजनीतिक दलका नेताले आ आफ्ना कार्यकर्ता छानेर राहत वितरण गर्नु सरकारको असफलता भएको थापाको भनाई छ । नील हिरा समाजका उपनिर्देशक परसुराम राईले सहयोग जुटाउनका लागि तथ्याङक संकलन थालेको जानकारी दिए ।

समाजका तालिम अधिकृत उमेश श्रेष्ठले जति सक्दो छिटो क्षतिको बिबरण नील हिरा समाजमा उपलव्ध गराउन समूदायका सबै सदस्यलाई आग्रह गरे । समाजका उपाध्यक्ष उमेश पाण्डेले पहिचान लुकाएर बस्दा भुकम्प पीडित समलिंगी तेस्रोलिंगी झन पीडित बनेको वताए । उनले पहिचान खुलाएर आउन आग्रह गरे । समाजका सचिव मनोरञ्जन कुमार बैद्यले आफूहरुले ठूलो संघर्ष गरेर स्थापना गरेको संस्थामा पहिचान खुलाएर आउन डराउन नहुने वताए । समलिंगी पुरुष बिश्वराज अधिकारीले सधैभरी डराएर नबस्न सुझाव दिए ।
भुकम्प पीडित समलिंगी तेस्रोलिंगी र समाजका कर्मचारीले नील हिरा समाजमा उपलब्ध गराउनु पर्ने बिबरणको फारम ः

Post-earthquake damage and need analysis form

मिति:…………………………………………………………..

नाम:……………………………………………………………

ठेगाना:………………………………………………………….

परिवार संग बस्ने हो कि एक्लै?…………………………………………..

  1. घर भत्केको/सामान बिग्रेको लगाएतको लिस्ट:

 

  1. कुन हदसम्म भत्केको हो खुलाउने

 

 

  1. अनुमानित क्षति(रुपैयाँमा)
  2. घाइते आफु वा अरु परिवारका कोइ सदस्य भएको भए खुलाउने:
  3. कस्तो किसिमको घाइते ?
  4. उपचार गराएको भए कहाँ कहिले र कसले तिरेको:
  5. परिवारको सदस्य गुमाएको भए को?
  6. भूकम्प पछी आफुलाई परेको समस्या बस्न,रोजगारी केहि भए?
  7. भूकम्पले कुनै मनोबैज्ञानिकअसर परेको भए?
  8. आफुलाई परेको क्षति बारे कुनै सरकारी निकायमा जानकारी गराएको छ??
  9. कोइ सहयोग गर्न आए?
  10. कुनै सहयोग पाएको भए खुलाउने
  11. तपाइँलाइ अहिले तत्काल र पछि सम्मको लागिको आवश्यकता के छ?
  12. यस संस्था र सरकारसंग के आशा गर्नुहुन्छ:

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading