तेस्रोलिंगीको कोठामा ताल्चा लगाउने घरधनीलाई प्रहरीको सचेत

तेस्रोलिंगीको कोठामा ताल्चा लगाउने घरधनीलाई प्रहरीको सचेत

काठमाडौं (पहिचान) जेठ २० – भुकम्पले त्रसित तेस्रोलिंगीलाई कोठामा ताल्चा लगाएर निकाल्ने घरधनीलाई प्रहरीले सचेत गराएको छ । काठमाडौं लाजिम्पाटका बाबुकाजी भनेर चिनिने मचाकाजी महर्जनलाई महानगरिय प्रहरी वृत्त दरवारमार्गले सचेत गराएको हो । झण्डै ६ बर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका समलिंगी तेस्रोलिंगीलाई घरधनी मचाकाजीले जवरजस्ती ताल्चा लगाएर निकालेका थिए । हिजो मंगलवार राती कोठाबाट निकाल्ने मचाकाजीलाई प्रहरीले दरवारमार्गमै बोलाएर सचेत गराएको हो ।

दरवारमार्गका डिएसपी रमेश बस्नेतले भुकम्पबाट त्रसित समलिंगी तेस्रोलिंगी सहित जो कोहीलाई सहयोग गर्नु सबै नागरिकको कर्तव्य भएको वताए । असहयोग गर्नेलाई कारवाही गर्ने आदेश छ बस्नेतले भने, सहयोग गर्नु पर्ने बेला भाडामा बसिरहेको कोठामा ताल्चा लगाएर निकाल्नु हुँदैन । घरधनी मचाकाजीले कोठाभाडा दिन केही दिन ढिला भएकाले ताल्चा लगाएर निकालेको वताए । उनले आफूले राज्यको कानुन पालना गर्ने भन्दै अब कोठाबाट निकाल्नु परे ३५ दिनको लिखित सूचना दिने वताए ।IMG_20150603_113754568

भुकम्पले त्रसित कोठाभाडा पीडित समलिंगी तेस्रोलिंगीलाई पहिलेदेखि लिदै आएको महिनाको चार हजार रुपैयाँ भन्दा धेरै भाडा नलिने, जवरजस्ती भाडामा बस्ने कोठामा ताल्चा नलगाउने र तेस्रोलिंगीलाई अपशब्द प्रयोग नगर्ने मचाकाजीले प्रहरी समक्ष लिखित प्रतिवद्धता जनाएका छन् । घरधनीलाई समलिंगी तेस्रोलिंगीले तिर्नुपर्ने भाडा बापतको रकम जेठ ३० गते भित्र दिने र तेस्रोलिंगीलाई घरधनीले हातपात नगर्ने सहमति भएको छ । प्रहरी निरीक्षक दीपक गिरीले दुवै पक्ष मिलेर बस्नु राम्रो हुने वताए ।

कानुन उल्लघंन गर्ने अधिकार कसैलाई नभएको भन्दै गिरीले अब एक आपसमा झै झगडा नगर्न र जुन बेला पायो त्यही बेला भाडा नबढाउन घरधनीलाई सुझाव दिए । गिरीले समलिंगी तेस्रोलिंगीलाई पनि अरुको अधिकारमा असर पर्ने क्रियाकलाप नगर्न सुझाव दिए । कोठामा ताल्चा लगाएका घरधनीलाई हिजो मंगलवार राती प्रहरी टोली पुगेर मिलापत्र गर्न आग्रह गरेको थियो ।

घरधनी र समलिंगी तेस्रोलिंगीबीच घम्साघम्सीको अवस्था आएपछि प्रहरीले दुवै पक्षलाई दरवारमार्गमै बोलाएर सचेत गराएको हो । तेस्रोलिंगी अधिकारकर्मी मुस्कान केसी सहितको टोलीले प्रहरी समक्ष घरधनीको पटक पटकको अन्याय सहन नसकेर न्याय माग्न आएको वताए । केसी सहितको टोलीले घरधनीको मनपरी रोक्न कारवाही गर्नु पर्ने निवेदन समेत दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading