निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भुकम्पको त्रास हटाउँदै सकारात्मक परिवर्तन ल्याउने प्रयास

भुकम्पको त्रास हटाउँदै सकारात्मक परिवर्तन ल्याउने प्रयास

722
SHARES

बिपना पनेरु /कास्की (पहिचान) जेठ २७ -नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भुकम्पको त्रास हटाएर सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रमको ढाँचा तयार भइरहेको वताएकी छन् । भुकम्प पछिको त्रास हटाएर सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ अध्यक्ष गुरुङले भनिन्, त्यसका लागि अहिले समूदायका सदस्य छलफलमा जुटिरहेका छौ ।

नील हिरा समाजको दिवा परियोजना अन्तर्गत सिड फण्डिङ ग्राण्डले पोखरामा गरेको यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको अभिमुखीकरण बैठकमा अध्यक्ष गुरुङले पहिलादेखि चलिरहेका कार्यक्रमसँगै नयाँ ढाँचामा समेत कार्यक्रम संचालन गरेर सकारात्मक परिवर्तन ल्याउनु पर्ने वताइन । अध्यक्ष गुरुङले समलिंगी तेस्रोलिंगी समूदायको हक अधिकारसँगै भुकम्प पीडित समूदायका सदस्य एवं कर्मचारीको मनोवल उच्च बनाउने योजना ल्याउनु पर्ने खाचो औल्याइन ।

उनले यसका लागि सबैको साथ सहयोग आवश्यक पर्ने वताइन । नील हिरा समाजको दिवा परियोजनाले समूदायमा आधारित विभिन्न संघ संस्थाहरु माथि विभिन्न कार्यक्रम मार्फत वकालत र सहजिकरणका साथै क्षमता अभिवृद्धी गर्दै आएको अध्यक्ष पिंकी गुरुङ्गले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्
722
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.