मानवअधिकार हननका घटनाको अभिलेखिकरण गर्न तालिम

मानवअधिकार हननका घटनाको अभिलेखिकरण गर्न तालिम

बिपना पनेरु /कास्की (पहिचान) जेठ २८ – सहारा नेपालले समलिंगी तेस्रोलिंगीलाई एक दिने मानवअधिकार हननको अभिलेखिकरण सम्वन्धी तालिम दिएको छ । सहारा नेपालले व्यक्ति विशेष नभई समूदायका सदस्यलाई मानवअधिकार हननका घटनाको अभिलेखिकरण गर्न सहयोग पुग्ने गरी तालिम दिएको हो ।

समलिंगी तेस्रोलिंगी समूदायका सदस्य माथि मानवअधिकार हननका धेरै घटना भएपनि तथ्याङक नआएकाले अभिलेखिकरण गर्न तालिमको आवश्यकता महसुस गरेर तालिम संचालन गरेको सहारा नेपालकी कन्ट्रि अफिसर सुशीला लामाले जानकारी दिइन । समलिंगी तेस्रोलिंगी समूदायका सदस्यले पछिल्लो समयमा पहिचान सहितको नागरिकता, राहदानी साथै समलिंगी विवाहले कानुनी मान्यता नपाएकोमा लामाले आपत्ती जनाइन ।

हरेक मानिसलाई शिक्षाको ज्योती छर्दै वकालतको बिषयमा सचेत बनाउनु पर्नेमा नील हिरा समाजको दिवा परियोजनाका सहायक निर्देशक सञ्जय शर्माले जोड दिए । मानवअधिकार सम्वन्धी अभिलेखिकरण तालिममा सहभागी नेपालका विभिन्न ठाउँका समलिंगी तेस्रोलिंगीहरुले वेला वेलामा अभिलेखिकरण, नेतृत्व विकास, वकालत जस्ता वौद्धिक क्षमता वढाउन तालिम लिन पाउनु पर्ने माग गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading