विस्तारै समाजले समलिंगी तेस्रोलिंगीलाई स्वीकार्दै छ : थुलुङ

विस्तारै समाजले समलिंगी तेस्रोलिंगीलाई स्वीकार्दै छ : थुलुङ

काठमाडौं (पहिचान) भदौ ४ – गायक सूर्य थुलुङले समलिंगी तेस्रोलिंगी भएकै कारण विभेद हुनु आँफैमा आश्चर्य भएको बताएका छन् । ब्यक्तिको पहिचान फरक फरक हुने भन्दै उनले लिंगकै कारण अझै पनि भिन्न व्यबाहार हुनु राम्रो नभएको वताए । “समय धेरै वितिसकेको छ, अब पनि कसैलाई लिंगकै आधारमा दुरब्यबाहार हुनु राम्रो होइन,” गायक थुलुङले भने, “पहिलाको समाज जस्तो होइन अहिले धेरै परिवर्तन भइसक्यो ।”
समय अनुसार चल्न सक्नु पर्ने भन्दै उनले भने, “पहिला जस्तो समलिंगी तेस्रोलिंगीलाई विभेद हुन्छ जस्तो लाग्दैन । अहिले त धेरैले सकारात्मक रुपमा लिन थालिसकेको जस्तो मलाई लाग्छ ।” माछी मारन हो दाई हो……., यो नेपाली ठिठो……जस्ता लोकप्रिय गीतका गायक थुलुङले समान अधिकार उपभोग गर्न पाउनु सबैको नैसर्गिक अधिकार रहेको भन्दै भने, “महिला पुरुष सरह अधिकार लिन यौनिक तथा लैगिक अल्पसंख्यक स्वयमले पनि पहलकदमीलाई अझ प्रभावकारी र सशक्त बनाउजु पर्छ ।”
समाजका सबै तह र तप्काले सहयोग गर्नु पर्ने बिचार ब्यक्त गर्दै उनले समाजले पूर्ण रुपमा स्वीकार नगरेसम्म राज्यले अधिकार संविधानमा सुनिश्चत गरेपनि उपभोग गर्न कठिनाई हुन सक्ने थुलुङको तर्क छ । कलाकारहरुले विभिन्न जातजाती, समुदाय, वर्ग, पेशा तथा दलहरुका गीत गाउने गरेपनि अझै समलिंगी तेस्रोलिंगीको अधिकारका लागि नगाएको प्रसंगमा उनले समाजमा उनीहरुबारे धेरैले के हो, कस्तो सुमदाय हो भन्नेबारे जानकारी पाईनसकेकोले कलाकारले यसमा लगानी नगरेको बताए ।
समाजले समलिंगी तेस्रोलिंगीबारे बुझन थालेपछि यो समुदाय र अधिकारबारे कलाकारहरुले गीत गाउने गायक थुलुगंको भनाई छ । उनले समलिंगी तेस्रोलिंगीका अधिकार पनि संविधानमा समावेश गर्नु पर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading