यी हुन् आफ्नो समलैगिंक्ता स्वीकार गर्ने दश हलिउड अभिनेत्री

यी हुन् आफ्नो समलैगिंक्ता स्वीकार गर्ने दश हलिउड अभिनेत्री

एजेन्सी/लस एन्जलस भदौ ६ – केही समयअघिसम्म उदार भनिएका हलिउडकर्मीहरु समेत आफ्नो एकदमै ‘सेक्रेट’ खोल्ने साहस राख्दैनथे । त्यसमाथि आफ्नो फरक यौनिकताको बारेमा खुल्नु त झन परको विषय थियो। तर, ढिलोचाँडो उनीहरु आफ्नो फरक यौनिकताका बारेमा खुल्न थालेका छन्। हलिउडका विभिन्न अभिनेत्रीहरुले आफ्नो फरक यौनिकतालाई स्वीकार गरेका छन्। त्यस्तै फरक यौनिकता स्वीकार गर्ने दश हलिउड अभिनेत्रीको सूचि  यस्तो छ जसले नारीमा हुने बाह्य सौन्दर्यलाई भरपुर उपयोग गर्दै आफ्नो परिचय स्थापित गराएका छन् । प्रस्तुति र रुपरंग हेर्दा ‘पुर्ण नारीतत्व’ भएजस्तो लाग्ने उनीहरुले अन्त्यमा आफूलाई लेस्बियन या बाइसेक्सुअल ‘दोहोरो लिङ्गी सम्बन्ध) भएको स्विकारेका छन् ।

एन्जेलिना जोली: हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले धेरैपटक भनेकी छिन्,‘यदी मेरो बिहे ब्राड पिटसँग नभएको भए मेरी साथी जेनी शिमिजुसँग नै गर्थें ।’  यसैबाट अनुमान लगाउन सकिन्छ उनी के हुन् ?
एम्बर हर्ड: एम्बर हर्ड जोनी डिपकी प्रेमिका हुन् । उनले स्विकारेकी छिन्, उनी बाइसेक्सुअल हुन् । उनले भनेअनुसार उनले महिलासँग पनि अन्तरंग सम्बन्ध राखेकी छिन् ।
एम्बर रोज: एम्बर रोजले एक कार्यक्रमकाबीच आफ्नी केटी साथीलाई गहिरो भावमा चुम्बन गरेकी थिइन् । त्यतिबेलै उनी लेस्बियन भएको लख काटिएको थियो । तर, एम्बरको भनाईमा उनी ‘हाफ लेस्बियन’ हुन् ।Second
मेगन फक्स: मेगन फक्सले स्विकारेकी छिन्, उनी लेस्बियनसँग ‘डेट’ गर्न चाहन्छिन् । तर, उनलाई ‘बाइसेक्सुअल’ स्वभाव भएकाहरु मन पर्दैनन् । उनका अनुसार बाइसेक्सुअलहरुको अन्यत्र पनि सम्बन्ध हुन्छ र तिनीहरु फोहोरी हुन्छन् ।Third
एना पेक्विन: सन् १९९४ मा फिल्म ‘द पियानो’ बाट ओस्कर अवार्ड हात पारेकी अभिनेत्री एना पेक्विन बाइसेक्सुअल हुन् । सन् २०१० मा ‘गे अधिकार’ को आवाज उठाएकी उनले भन्दै आएकी छिन्,‘बाइसेक्सुअल हुनु र लेस्बियन हुनुमा केही फरक छैन ।’4
इभान रचेल उड: कम उमेरमै हलिउडमा परिचय बनाएकी अभिनेत्री वान रसेल उडले सन् २०१२ मा अभिनेता जेमी बेलसँग बिहे गरेकी थिइन् तर, दुई वर्षमै उनीहरुको सम्बन्ध टुट्यो । पछि थाहा भयो,गायिका म्यारिलिन मेन्सनसँग उनले पहिलेदेखि नै अन्तरंग सम्बन्ध राख्दै आएकी थिइन् । त्यसैले उनी बाइसेक्सुअल हुन् ।
ओब्रे ओ डे: चर्चित गायिका, मोडल अवं अभिनेत्री ओब्रे ओ डेले हालसम्म आफूलाई बाइसेक्सुअल भएको स्विकारेकी छैनन् । तर, कैयौं पार्टीमा उनी लेस्बियन साथीहरुसँग भेटिएकी छिन् र अधर चुम्बन गरेकी छिन् ।
क्रिस्टिना लोकेन: हलिउडको ‘टर्मिनेटर’ श्रंखलाको तेस्रो फिल्म ‘टि–एक्स’ मा दमदार भूमिका निभाएकी अभिननेत्री धेरै पटक आफू बाइसेक्सुअल भएको खुलाएकी छिन् । उनले एक अन्तरवार्तामा भनेकी थिइन्,‘मलाई पुरुषसँग भन्दा महिलासँग सम्बन्ध राख्दा मजा आउँछ ।’5
लिन्ड्से लोहान: मोडल लिन्ड्से लोहानले पहिलेदेखि नै आफू पुरै लेस्बियन भएको बताउँदै आएकी थिइन् र उनको सम्बन्ध धेरै युवतीहरुसँग भएको पनि खुलाएकी छिन् ।
पर्सिया द रोजी: अष्ट्रेलियन÷अमेरिकी अभिनेत्री पर्सिया द रोजीले एक लेस्बियन हुन् । धेरै पहिले नै आफू लेस्बियन भएको खुलासा गरेकी उनले आफ्नो उत्कृष्ट प्रस्तुतिबाट धेरै टिभी अवार्डहरु हात पारेकी छिन् ।
साभार : सेतोपाटी http://kala.setopati.com/hollywood/1709/

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading