खैत मलाई अधिकार नयाँ नेपालमा…

खैत मलाई अधिकार नयाँ नेपालमा…

काठमाडौं (पहिचान) भदौ ३० -गाएक श्याम रानाले गाएको गीतले अधिकार खैत भनेर प्रश्न उठाइरहेको छ । तर, समलिंगी तेस्रोलिंगीहरु त्यही गीतमा अधिकार प्राप्तीको खुसियाली मनाइरहेका छन् । पालैपालो छमछमती नाँची रहेका छन् । दर्शक समलिंगी तेस्रोलिंगी, गायक तेस्रोलिंगी अनि गायक पनि तेस्रोलिंगी बास्वतैमा रौनक भरिएको छ, तेस्रोलिंगीको तिजमा । समुदाय बाहिरको छर छिमेकका पनि समलिंगी तेस्रोलिंगीको तिजमा रमाइरहेका छन ।
12016663_850189045099515_1099412950_nए नेता खैत मलाई अधिकार नयाँ नेपालमा ? गीतले भनिरहेको छ । तर यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदाय नेताहरुलाई धन्यवाद दिदै दिदै त्यही गीतमा नाँचिरहेका छन् ।
12026429_850203288431424_1675095633_n
समलिंगी तेस्रोलिंगी समुदायमा अघि पछि कोही केटाको भेषमा हुन्छन् त कोही केटीको भेषमा । तर, आज तीजमा सबै पुरुष बनेर हिड्ने पनि महिला भएर नाचेका छन् । गहना र साडी÷कुर्तासलवार मा सजिएर ।
12021876_850203038431449_1788385711_n
जरी हुनै लागेको संविधानका धाराहरु पारित भइसकेका छन् । समलिंगी तेस्रोलिंगीका लागि संविधानले लिंगका आधारमा विभेद नगरिकन संविधान जारी गर्ने व्यवस्था पारित भयो । त्यस्तै समानताको हकमा पनि लैगिक तथा यौनिक अल्पसंख्यकलाई अन्य फरक क्षमता भएका नागरिकलाई जस्तै विभेद गर्न नपाइने व्यवस्था पारित भइसक्यो । यसैको खुसिमा उनीहरुले तिजको रमझम मनाए ।

सामान्य त तिजको आफ्नै सांस्कृतिक र धार्मिक महत्व छ । तीजमा महिलाले निराहार ब्रत बस्ने र दिनभर नाचगान गरेर रमाउने गर्छन् । पुरुष नाचगानमा पनि महिलाको सहयोगिको रुपमा सहभागि हुन्छन् ब्रतमा पनि । तर, समलिंगी तेस्रोलिंगी सब पुरुष देखिने देखि महिला देखिनेसम्म सबै महिला भएका छन् । कोमल ओलीको ‘हल्ला भो शिवजी तिम्रो मेरो माया पिरिम भो….’ लगायतका गीतमा छम्छमी नाचे । यो जमघटको व्यवस्थापन मिलाएको हो समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था नील हिरा समाजले । तिजको अबसरमा हरेक बर्ष समाजले नाचगान गरेर आफ्नो समुदाय माथि हुने गरेको विभेद, दुरव्यवहार र हिंसा अन्त्यको कामना गर्ने गरेको छ ।
12016467_850188981766188_579816560_n

केहीले त आज समलिंगी विवाहले मान्यता पाउनु पर्ने माग पूरा हुनु पर्ने सन्देश दिने गरी व्रत बसे । तिजको अवसरमा समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले सबैलाई अधिकार प्राप्तिको अभियान सफलतामा पुगोस भनेर शुभकामना दिए । तिजको अवसरमा नील हिरा समाजमा पुगेका श्रीलंका र भुटानका समलिंगी तेस्रोलिंगी समूदायका नेतृत्वकर्ता पनि नेपालको नयाँ संबिधानमा यो समूदायको अधिकार लेखिएकोमा नेपाल सरकार र यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्त, अध्यक्ष गुरुङ, कार्यकारी निर्देशक ढकाल लगायत समूदायका सबै सदस्यलाई बधाई दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.